3 years ago
April 6, 2023
एजेन्सी – अलराउन्डर शार्दुल ठाकुरको विष्फोटक ब्याटिङमा घरेलु टोली कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को नवौं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई २ सय ५ रनको विशाल लक्ष्य दिएको छ ।

इर्डेन गार्डेन टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ४ रन बनायो । कोलकाताका शार्दुल ठाकुरले २९ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ६८ रनको विष्फोटक इनिङ खेले ।
एक समय ११.३ ओभरमा ८९–५ को दयनीय अवस्थामा पुगेको कोलकातालाई विशाल योगफलमा पुर्याउन ठाकुरले विष्फोटक ब्याटिङ गर्दै नाटकीय पूनरागमन गराएका थिए । उनको आइपिएलमा पहिलो अर्धशतक हो ।
रिंकु सिंह ३३ बलमा २ चौका र ३ छक्कासहित ४६ रनमा क्याच आउट भए । छैटौं विकेटका लागि रिंकु र शार्दुले ४७ रनको १ सय ३ सानदार साझेदारी गरेपछि कोलकाता खेलमा फर्किएको थियो ।

कोलकाताका ओपनर रहमानउल्लाह गुरबाजले ४४ बलमा ६ चौका र ३ छक्कासहित ५७ रनमा आउट भए । उनको यो पहिलो आइपिएल अर्धशतक हो । गुरबाजले पहिलो खेलमा पन्जाब किंग्ससँग डेब्यू गरेका थिए । गुरबाज बाहेक अन्य शीर्ष र मध्यक्रमका ब्याटरको प्रदर्शन राम्रो हुन सकेन ।
तीव्र गतिका बलर डेविड विल्लीले चौथो ओभरमा लगातार दुई विकेट लिँदै कोलकातालाई दबाबमा राखेका थिए । विल्लीले दोस्रो बलमा ओपनर वेंकटेश ऐरलाई ३ रनमा बोल्ड गरे । लगत्तै अर्को बलमा मन्दीप सिंहलाई शून्यमा बोल्ड हुँदै पेभेलिएन फर्काए ।
कप्तान नितिश राणा स्पिनर माइकल ब्रेसवेलको बलमा रिभरस्वीप हान्ने धुनमा एक रनमा विकेटकिपर दीनेश कार्तिकबाट क्याच आउट भए । स्पिनर कर्ण शर्माले १२ औं ओभरमा दुई विकेट लगातार लिएका थिए ।

दोस्रो बलमा गुरबाज आकाश दीपबाट क्याच आउट भए । लगत्तै अर्को बलमा आन्द्रे रसेल लङअफमा क्याच आउट भएपछि कोलकाता ८९–५ को दयनीय अवस्थामा पुगेको थियो ।
बेंगलोरका कर्ण शर्माले ३ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । डेविड विल्लीले ४ ओभरमा १ मेडनसहित १६ रन खर्चेर २ विकेट लिए । हर्षल पटेलले ३ ओभरमा ३४ रन खर्चेर १ विकेट लिए । मोहम्मद शिराजले ४ ओभरमा ४४ रन खर्चेर १ विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]