default_image

1 year ago

April 6, 2023

कर्णाली र स्टार क्रिकेट एकेडेमी विजयी

130 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको बलियो नेपाल कपमा बिहीबार कर्णाली र स्टार क्रिकेट एकेडेमी विजयी भएका छन् । कर्णालीले ईलाम क्रिकेट एकेडेमीलाई ३२ रनले हराउँदै लगातार दोस्रो जित हात पार्यो ।

पहिला ब्याटिङ थालेको कर्णालीले १३ ओभरमा ४ विकेट गुमाउँदै १ सय २२ रन बनायो । कर्णालीका विराट भण्डारीले ३८ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ६२ रन बनाए । मनिष थापा ३१ बलमा ३ चौका र १ छक्कासहित ३५ रनमा आउट भए ।

जितको लागि १ सय २३ रनको विजयी लक्ष्य पछ्याएको ईलामले १३ ओभरमा ६ विकेट गुमाउँदै ९० रन बनायो । इलामका दीपक कुमार भुजेलले २४ बलमा ४ चौका र १ छक्कासहित ३५, अलिश मण्डल २०, अब्रिन पौडेल ८ रसन्दीप पौडेल १६ रनमा आउट भए।

अर्को खेलमा शक्ति गौचनको क्रिकेट एकेडेमी स्टारले पोखरालाई २५ रनले हराएको थियो । पहिला ब्याटिङ थालेको १९.१ ओभरमा ९१ रनमा अल आउट भयो । तल्लोक्रमका विशाल भुषाल १८, सन्तोष यादव ११, सुमित पराजुली १६ र महेश भरले ११ रन बनाए । पोखरा प्रदीप अर्यालले सर्वाधिक तीन विकेट लिए । नितेश गिरी,मनिष गैरे र सिब्रिन श्रेष्ठले दुई दुई विकेट लिए ।

जितको लागि ९२ रनको विजयी लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा ६६ रनमा अल आउट भयो । पोखराका कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

उनका रोहित चन्दले सर्वाधिक ९ रन बनाए । २८ रन अतिरिक्त पाएको थियो । स्टार क्रिकेट एकेडेमीका अमर मिश्रले ४ ओभरमा १ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिए । महेश भर र सन्तोेष यादवले दुई दुई विकेट लिए ।

प्रतियोगितामा इलाम, कर्णाली, स्टार, जनकपुर, पोखरा क्रिकेट एकेडेमी, पल्सर क्रिकेट एक्सीलेन्स सेन्टर छन् । लिग कम नकआउटको आधारमा टि–२० फर्मयाटमा प्रतियोगिताका खेलहरु सञ्चालन हुनेछन् ।

प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ र उपविजेताले २५ हजार हजार रुपैयाँ प्राप्त गर्नेछन । इमर्जिङ प्लेयरले ५ हजार रुपैयाँ, उत्कृष्ट बलर र ब्याटरले समान ७ हजार तथा प्लेयर अफ दि सिरीजले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । हरेक खेलमा म्यान अफ दि म्याचले २५ सय रुपैयाँ पाउनेछन् ।

September 20, 2024

युएईको लिग टुमा पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – युएईले आईसीसी क्रिकेट विश्वकप लिग टु मा पहिलो जित हात पारेको छ। युएईले शुक्रवार नामिबियामाथि १ विकेटको जित हात पारेको छ । विन्डोहकमा ३ सय १४ रनको लक्ष्य युएईले ४९.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो । युएईका बिष्णु सुकुमारनले सर्वाधिक ९७ रन जोडे । उनले ९० बलमा ८ चौका […]

September 20, 2024

भारत फराकिलो अग्रतातर्फ

एजेन्सी – भारत बंगलादेशविरुद्धको पहिलो टेस्टको दोस्रो इनिङमा फराकिलो अग्रतातर्फ अघि बढेको छ । दोस्रो दिन शुक्रवार को खेल सकिदा भारतले ३ सय ८ रनको अग्रता बनाएको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश टोली भारत भ्रमणमा छ । पाहुना टोलीले १ सय ४९ रन मात्र बनाएपछि पहिलो इनिङमा २ सय २७ रनले पछि […]

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

Success

Thank you for your time.