default_image

3 years ago

April 6, 2023

चक्रवर्तीको चक्रव्यूहमा बेंगलोरको लज्जास्पद हार

331 views

0 Bookmark

एजेन्सी – स्पिनर बरुण चक्रवर्तीको चक्रव्यूहमा फसेपछि रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को नवौं खेलमा कोलकाता नाइट राइडर्ससँग ८१ रनको लज्जास्पद हार व्यहोरेको छ । बेंगलोरको यो पहिलो हार र कोलकाताको पहिलो जित हो ।

जितको लागि २ सय ५ रनको विशाल विजयी लक्ष्य पछ्याएको बेंगलोर १७.४ ओभरमा १ सय २३ रनमा अल आउट भयो । बेंगलोरका कप्तान फाफ डु प्लेसिसले १२ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २३ रन बनाए । विराट कोहली १८ बलमा ३ चौकासहित २१ रनमा आउट भए ।

स्पिनर बरुण चक्रवर्तीले शीर्षक्रम ध्वस्त पारेपछि बेंगलोर संकटमा पुगेको थियो । पहिलो विकेटका लागि विराट कोहली र फाफ डु प्लेसिसले ४.५ ओभरमा ४४ रनको उत्कृष्ट सुरुवात दिलाएका थिए । स्पिनर सुनिल नारायणले विराट कोहलीलाई बोल्ड गर्दै पहिलो सफलता दिलाए ।

त्यसपछि बेंगलोरले लगातार विकेट गुमायो । लगत्तै चक्रवर्तीको छैटौं ओभरको दोस्रो बलमा डु प्लेसिस एज लागेर बोल्ड भएका थिए । आठौं ओभरको दोस्रो बलमा ग्लेन म्याक्सवेल चक्रवर्तीको बलमा ५ रनमा बोल्ड आउट भए । एक बलपछि चक्रवर्तीले हर्षल पटेललाई बोल्ड गर्दै संकटमा पुर्याएका थिए ।

१० रन जोड्दा शीर्षक्रमका चार ब्याटर गुमाएपछि जितको सम्भावना टाढिएको थियो । माइकल बे्रसवेल १८ बलमा १ चौका र १ छक्कासहित १९ रनमा आउट भए । उनी शार्दुल ठाकुरको बलमा सट लेगमा क्याच आउट भएका थिए । त्यसपछि डेब्यू खेल खेलेका स्पिनर सुयश शर्माले बेंगलोरलाई तीन विकेट लिँदै थप धरासयी बनाए ।

दीनेश कार्तिक ९, अनुज रावत र कर्ण शर्मा १–१ रनमा आउट भए । तल्लोक्रमका डेविड विल्ली २० बलमा २ चौकासहित २० रनमा अविजित रहे । आकाश दीप ८ बलमा २ चौका र १ छक्कासहित १७ रनमा आउट भए ।

कोलकाताका बरुण चक्रवर्तीले ३.४ ओभरमा १५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । सुयश शर्माले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । सुनिल नारायणले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । शार्दुल ठाकुरले १ विकेट लिए ।

त्यसअघि इर्डेन गार्डेन टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ४ रन बनाएको थियो । कोलकाताको जितमा सातौं नम्बरमा ब्याटिङ गरेका अलराउन्डर शार्दुल ठाकुरले २९ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ६८ रनको विष्फोटक इनिङ खेले ।

एक समय ११.३ ओभरमा ८९–५ को दयनीय अवस्थामा पुगेको कोलकातालाई विशाल योगफलमा पुर्याउन ठाकुरले विष्फोटक ब्याटिङ गर्दै नाटकीय पूनरागमन गराएका थिए । रिंकु सिंह ३३ बलमा २ चौका र ३ छक्कासहित ४६ रनमा क्याच आउट भए । छैटौं विकेटका लागि रिंकु र शार्दुले ४७ रनको १ सय ३ सानदार साझेदारी गरेपछि विशाल योगफल बनाएको थियो ।

कोलकाताका ओपनर रहमानउल्लाह गुरबाजले ४४ बलमा ६ चौका र ३ छक्कासहित ५७ रन जोड्दै आउट भए । गुरबाज बाहेक अन्य शीर्ष र मध्यक्रमका ब्याटरको प्रदर्शन राम्रो हुन सकेन ।

तीव्र गतिका बलर डेविड विल्लीले चौथो ओभरमा लगातार दुई विकेट लिएका थिए । विल्लीले दोस्रो बलमा ओपनर वेंकटेश ऐरलाई ३ रनमा बोल्ड गरेका थिए । लगत्तै अर्को बलमा मन्दीप सिंहलाई शून्यमा बोल्ड हुँदै पेभेलिएन फर्काएका थिए ।

कप्तान नितिश राणा स्पिनर माइकल ब्रेसवेलको बलमा रिभरस्वीप हान्ने धुनमा एक रनमा विकेटकिपर दीनेश कार्तिकबाट क्याच आउट भए । स्पिनर कर्ण शर्माले १२ औं ओभरमा दुई विकेट लगातार लिएका थिए ।

दोस्रो बलमा गुरबाज आकाश दीपबाट क्याच आउट भए । लगत्तै अर्को बलमा आन्द्रे रसेल लङअफमा क्याच आउट भएपछि कोलकाता ८९–५ को दयनीय अवस्थामा पुगेको थियो ।

बेंगलोरका कर्ण शर्माले ३ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । डेविड विल्लीले ४ ओभरमा १ मेडनसहित १६ रन खर्चेर २ विकेट लिए । हर्षल पटेलले ३ ओभरमा ३४ रन खर्चेर १ विकेट लिए । मोहम्मद शिराजले ४ ओभरमा ४४ रन खर्चेर १ विकेट लिए । बेंगलोरले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ८ विकेटले हराएको थियो ।

बेंगलोरले अव सोमबार घरेलु मैदान चिन्नास्वामीमा लखनऊ सुपर जायन्ट्ससँग खेल्नेछ । कोलकाता पहिलो खेलमा पन्जाब किंग्स ७ रनले पराजित भएको थियो । कोलकाताले अव आइतबार गुजरात जायन्ट्ससँग खेल्नेछ । शुक्रबार लखनऊ र हैदराबादबीच प्रतिस्पर्धा हुनेछ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.