default_image

1 year ago

April 7, 2023

कोलकाताका सरप्राइज प्याकेज सुयश

125 views

0 Bookmark

इन्डियन प्रिमियर लिग (आइपिएल) विश्व क्रिकेटको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज टि२० प्रतियोगिता हो । उक्त टि२० लिग खेल्ने धेरै क्रिकेटरको सपना नै हुन्छ । तर त्यो सपना कमै खेलाडीले पूरा गर्न पाउँछन् । आइपिएलमा स्थान बनाउन अन्तर्राष्ट्रिय स्तरमा उच्च प्रदर्शन गरेर मात्रै हुँदैन फ्रेन्चाइज टोलीमा उक्त भूमिकाको माग पनि हुनुपर्छ । उक्त भूमिका भएको खेलाडीको माग कम भएमा विश्व स्टार पनि बिक्न सक्दैनन् ।

एसोसिएट क्रिकेटरको लागि आइपिएल खेल्नु विश्वकप सरह हो । भारतीय क्रिकेटमा घरेलु प्रतियोगिता प्रदर्शन हेरेर युवा खेलाडीमा अक्सनमा मूल्य लगाउने गरिन्छ । भारतीय उच्च प्रतिस्पर्धा क्रिकेट बजारमा सबैले युवा खेलाडीले घरेलु अवसर पनि नपाउन सक्छन् । तर खेलाडीको क्षमतालाई कसैले रोक्न सक्दैन । घरेलु क्रिकेटमा कुनै खेल नखेलेका केहि खेलाडीले आइपिएलमा डेब्यू गर्दै सनसनी मच्चाएका थुप्रै उदाहरण छन् ।

त्यस्तै बिहीबार राती कोलकाता नाइट राइडर्सबाट १९ वर्षीय लेग स्पिनर सुयश शर्माले रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध डेब्यू गर्दै सनसनी मच्चाए । यसअघि घरेलु प्रतियोति समेत नखेलेका उनी कोलकाताका सरप्राइज प्याकेज बने । बेंगलोर मात्रै होईन कोलकाताले पुरै विश्व क्रिकेटलाई नै सुयशलाई खेलाउँदै सरप्राइज दियो । त्यो मौकामा उनले भरपूर्ण चौका हान्दै यादगार डेब्यू गरे ।

कोलकातालाई ८१ रनको जित दिलाउन सुयषले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । कोलकाताले उनलाई इम्प्याक्ट प्लेयरको रुपमा डेब्यू दिएको थियो । उनी वेंकटेश ऐरको स्थानमा दोस्रो इनिङमा मैदान छिरेका थिए ।

आइपिएल डेब्यू अघि उनको नाम सुन्ने र चिन्ने निकै कम थिए । क्रिकेटलाई नै धेरै नजिकबाट पछ्याउनेहरु उनीबारे जानकार थिएनन् । किनभने उनले घरेलु क्रिकेट खेलेकै थिएनन् ।

घरेलु मैदान इर्डेन गार्डेनमा एक समय ८९–५ को दयनीय अवस्थामा पुगेको कोलकातालाई शार्दुल ठाकुर र रिंकु सिंहले १ सय ३ रनको सानदार शतकीय साझेदारीका साथ २ सय ४ रनमा पुर्याएका थिए ।

जितको लागि २ सय ५ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरलाई दुई मिस्ट्रि स्पिनर बरुण चक्रवती र सुनिल नारायणले सुरुवात ध्वस्त पारेका थिए । त्यसपछि सुयशले थप तीन विकेट लिँदै फराकिलो जित पक्का गराए ।

युवा खेलाडी, लामो कपाल, निधारमा कालो पट्टी, अनि केहि फरक बलिङ एक्सन सहित उनी ११ औं ओभरमा बलिङमा आएका थिए । पहिलो बलनै गुगलीबाट दुई दशकदेखि क्रिकेट खेल्दै आएका विकेटकिपर दीनेश कार्तिकलाई एक रन दिँदै उनले आइपिएल करिअर सुरुवात गरे ।

यसअघि कुनैपनि घरेलु क्रिकेट नखेलेका उनीमा पहिलो खेलको दबाब झल्किन्थ्यो। उनले फालेको तेस्रो सट बल माइकल ब्रेसवेलले डिप मिडविकेटमाथि सानदार छक्का हानेका थिए । समग्रमा उनले पहिलो ओभरमा ९ रन मात्रै खर्चिएका थिए ।
१३ औं ओभरको पहिलो बलमा अनुज रावतलाई उनले डट राखे ।

दोस्रो बलमा रावत टप एज लागेर सर्ट थर्डमा क्याच आउट भए । उनको यो पहिलो विकेट थियो । पहिलो विकेट लिएपछि उनले जर्सीमा रहेको कोलकाता नाइट राइडर्सको लोगोलाई देखाए । उनलाई पहिचान दिएको फ्रेन्चाइजलाई उनी विशेष स्थान दिइरहेका थिए । त्यसपछि उनले छातीमा हात राख्दै धैर्य रहेर आफूमाथि विश्वास गर्ने संकेत सहितको सेलेब्रेसन गरेका थिए । उनको लागि यो करिअरको उत्कृष्ट क्षण थियो ।

त्यसै ओभरको पाँचौं बलमा उनले दीनेश कार्तिकलाई क्याच आउट गराउँदै बेंगलोरको झिनो जितको आशा पनि समाप्त गरेका थिए । १५ औं ओभरको तेस्रो बलमा उनले कर्ण शर्मालाई कप्तान राणाबाट क्याच गराउँदै विशाल जिततर्फ अघि बढाए । उनले सुरुवाती तीन ओभरमा १८ रन खर्चेर ३ विकेट लिएका थिए । अन्तिम स्पेल ओभरमा डेविड विल्लीले एक चौका र एक छक्का हानेका थिए । समग्रमा पहिलो खेल खेलेका उनले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए ।

यस खेल खेल्नुअघि उनको खेल बारे कसैलाई थाहा थिएन । दिल्लीका उनीले यू२५ क्रिकेट मात्रै खेलेका थिए । कोलकाताका कप्तान नितिश राणाले पनि उनलाई पहिलो पटक क्याम्पमै देखेको बताए । ‘उनको जुन बलिङ एक्सन छ त्यो पढ्न सहज छैन । बलमा गती छ । ब्याटर थोरै पनि गुगली वा लेग स्पिनमा झुकियो भने फस्न सक्छ’, नितेशले खेलपछि भने ।

नितेश उनलाई तेस्रो स्पिनर चाहिएमा खेलाउने योजना बनाउँदै आएको बताउँछन् । ‘उनलाई मैले पहिलो पटक कोलकाताको क्याम्पमै देखेको हो । सुयश एक आत्माविश्वासी युवा खेलाडी हुन् । उसलाई आफूमा विश्वास छ । उसले मौकालाई सदुपयोग गर्यो । उनले ब्याटरविरुद्ध उत्कृष्ट बलिङ गरेका थिए । अहिले सम्म हामीले उनलाई चिन्न सकेका छैनौं । तेस्रो स्पिनर चाहिँमा उनी हाम्रो सधैं योेजनामा थिए’, राणाले भने ।

नेशनल क्यापिटल दिल्लीका उनले टायलमा राम्रो गरेपछि गत डिसेम्बरमा आइपिएल अक्सनमा कोलकाताले २० लाख भारुमा किनेको थियो । उनले दिल्लीबाट यू२५ क्रिकेट बाहेक अन्य कुनैपनि खेल खेलेका छैनन् । ‘हामीले उनलाई ट्रायल म्याचमा देख्यौं र बलिङबाट धेरै खुसी भयौं । उसँग अनुभव छैन । तर मैदानमा चरित्र धेरै राम्रो देखाउँछ’, कोलकाताका मुख्य प्रशिक्षक चन्द्रकान्त पन्डितले भने ।

सुयश ठूला नाम गरेका खेलाडीलाई बलिङ गर्न पाउनु आफ्नो लागी चुनौती र रमाईलो लाग्ने बताए । ‘म ठूला नाम गरेका खेलाडीविरुद्ध ब्याटिङ गर्दा मज्जा लाग्छ । मेरो लागि त्यो चुनौतीपूर्ण हुन्छ । म पछि हट्दैन । दबाबमा आउँदैन । रमाउन खोज्छु’, उनले भने ।

‘मेरो दाईले मलाई क्रिकेट खेल्न सुझाव दिएका थिए । उनी पनि पहिला क्रिकेट खेल्थे । दाइले भनेपछि मैले धेरै मिहिनेत गरे । मैले १० वर्षपछि मात्रै किकेट खेल्दै लेगस्पिन गर्न लागेको हुँ । यसै वर्षमात्रै मैले दिल्लीको लागि यू२५ क्रिकेट खेलेको थिए’, सुयशले भने ।

उनी पहिला ब्याटर थिए । तर अरु भन्दा केहि फरक र आफ्नोपन ल्याउन बलर बनेका थिए । त्यसपछि उनी लेग स्पिनर बने । उनको लेगस्पिन एक्सनसँग धेरै झुकिन्छन् । धेरैले उनलाई मिस्ट्रि स्पिनर भन्छन् । उनले कोलकातामा बरुण चक्रवर्ती र सुनिल नारायण जस्ता अनुभवी स्पिनरसँग सिक्न पाएका छन् ।

‘बरुणले धेरै सहयोग गरेको बताउँछन् । बरुण दाइले पनि मलाई धेरै सल्लाह र सुझाव दिनुभयो । उनीबाट मैले धेरै सिक्ने मौका पाए । बलिङमा धेरै सहयोग पनि गरेका छन् । जहाँ मैले गल्ती गर्छु त्यहाँ बरुणले सम्झाउँछन्’, उनले भने ।

सुयश कोलकाताको तेस्रो स्पिनरको रुपमा खेल्नेछन् । मैदान र कन्डिसनको अवस्था हेरेर मात्रै तीन स्पिनर मैदान उतार्नेछ । तर यसअघि एक पनि घरेलु प्रतियोगिता नखेलेका उनले आइपिएलमा यो किसिमको प्रदर्शन गर्नु आफैंमा ठूलो कुरा हो । उनले मौका पाएको खेलमा यसरी नै राम्रो प्रदर्शन गर्दै गएमा तेस्रो होईन चाँडैनै कोलकाताको पहिलो रोजाईमा नखेल्लान् भन्न सकिदैन । उनको युनिक बलिङ एक्सन हुँदा झनै छिटो सफल हुन सक्छ ।

(एजेन्सीको सहयोगमा भुपेन्द्र जिसीको प्रस्तुति)

May 18, 2024

एपिएफ अपराजित रहँदै च्याम्पियन 

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब अपराजित रहँदै चौथो संस्करणको ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनसिप २०८१ को उपाधि जितेको छ । शनिवार भएको फाइनलमा सुदुरपश्चिम प्रदेश माथि २ रनको रोमान्चक जित दर्ता गर्दै एपिएफले चौथो संस्करणमा चौथो पटक नै उपाधि जितेको हो । अन्तिम दुई ओभरमा २९ रन चाहिएको अवस्थामा सुदुरकी कविता जोशीले राजमती […]

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

May 17, 2024

बुद्धशान्तिका युवा क्रिकेटरलाई बर्खा स्मृति प्रतिष्ठानले दियो खेल सामग्री

हिमाल खरेल, बिर्तामोड बुद्धशान्तिको बर्खा स्मृति प्रतिष्ठानले बुद्धशान्तिका युवा क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । झापाको बुधबारेमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले पालिकाबाट प्रतिनिधित्व गर्ने युवा क्रिकेटरलाई आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष मदन प्रसाईंले बताए । प्रसाईंका अनुसार खेलाडीहरुलाई अभाव रहेको ब्याट, लेदर बल, स्टम्प, ग्लोभ्सलगायत खेल सामग्री हस्तान्तरण गरिएको छ । खेल […]

Success

Thank you for your time.