default_image

3 years ago

April 8, 2023

आइपिएलमा आज पहिलो खेलमा राजस्थान र दिल्ली भिड्दै

258 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ११ औं खेलमा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३: ४५ मा गुवाहाटीमा सुरुहुनेछ।

दिल्ली पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा दिल्ली लखनऊ सुपर जायन्ट्ससँग ५० रन र दोस्रो खेलमा गुजरात टाइटन्ससँग ६ विकेटले पराजित भएको थियो । राजस्थानले पहिलो खेलमा सनराइजर्स हैदराबादलाई ७२ रनले हराएको थियो । पन्जाब किंग्ससँग ५ रनले पराजित भएको थियो ।

राजस्थानको सञ्जु स्यासमन र दिल्लीको डेविड वार्नरले कप्तानी गर्नेछन् । दिल्ली वार्नर ओपनर पृथ्वी शाहबाट उत्कृष्ट सुरुवात चाहन्छ । मिचेल मार्श नहुँदा तेस्रो नम्बरमा राइली रोसोउ खेल्नेछन् । यी तीन ब्याटरको प्रदर्शनले दिल्लीको योगफल निर्धारण हुनेछ । मार्शको स्थानमा फिलिप साल्टले खेल्ने सम्भावना छ । इंग्लिस विकेटकिपर साल्ट आक्रामक ब्याटिङका लागि चिनिन्छन् ।

शरफजान खानको स्थानमा अभिषेक पोरेल खेल्ने सम्भावना छ । रोभम्यान पावेल प्रमुख हिटर हुन् । उनीबाट दिल्ली विष्फोटक अन्त्य चाहन्छ । दिल्लीले तीव्र गतिका बलरमा एनरिच नोर्कियासँगै लुंगी एनगिडीलाई मैदान उतार्न सक्छ । दुई प्रमुख ब्याटर मैदान उतार्दा पावेल र साल्ट मध्य एक बेन्चमा बस्नुपर्ने हुन्छ । स्पिनरमा कुलदीप यादव र अक्षर पटेल हुनेछन् । अक्षर तल्लोक्रममा राम्रो ब्याटिङ पनि गर्दछन् ।

उता राजस्थानमा सन्जु स्यामसन र जस बटलर जस्ता आक्रामक ब्याटर टोलीमा छन् । यी दुई मध्य एकबाट राजस्थान ठूलो इनिङ चाहन्छ । युवा ब्याटर यशस्वी जैसवालले राम्रो प्रदर्शन गर्दै आएका छन् ।

देवदत्त पाडिक्कलको स्थानमा पन्जाबविरुद्ध इम्प्याक्ट प्लेयरको रुपमा खेलेका ध्रुव जुरेल खेल्ने सम्भावनाछ । जुरेलले उक्त खेलमा १५ बलमा ३ चौका र २ छक्कासहित ३२ रनको अविजित इनिङ खेलेका थिए । शिम्रन हेटमायर मध्यक्रमका प्रमुख ब्याटर हुन् ।

रियान पराग, जेसन होल्डर र रविचन्द्रन आश्विनले तल्लोक्रम सम्हाल्नेछन् । तीव्र गतिका बलरमा ट्रेन्ट बोल्ट छन् । बोल्टको गती र स्वींग चाल पाउन सहज हुनेछैन । लेग स्पिनर युजभेन्द्र चहल प्रमुख हतियार हुन् । तीव्र गतिका बलर केएम आसिफको स्थानमा नवदीप सैनीलाई मौका दिनसक्छ । आजको दोस्रो खेलमा साँझ चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँनेछ ।

हेड टु हेड :

राजस्थान र दिल्लीबीच कुल २६ खेल भएको छन् । जसमा दुबै टोली समान १३ खेलमा विजयी भएका छन् । पछिल्ला पाँच खेलमा दिल्ली तीन र राजस्थान दुई खेलमा विजयी भएको छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.