3 years ago
April 8, 2023
एजेन्सी – इन्डियन प्रियिमर लिग (आइपिएल) २०२३ को १२ औं खेलमा आज इतिहासकै सर्वाधिक दुई सफल टोली चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७: ४५ मा वानखडेमा सुरुहुनेछ ।

मुम्बईको घरेलु मैदान वानखडे ब्याटिङ सहयोगी पिच मानिन्छ । मुम्बई पहिलो र चेन्नई दोस्रो जितको सोचमा हुनेछन् । आइपिएल इतिहासकै सर्वाधिक दुई सफल टोली चेन्नई र मुम्बईबीच कडा प्रतिस्पर्धाको आशा गरिएको छ । त्यस्तै चेन्नईको कप्तानी महेन्द्रसिंह धोनी र मुम्बईको रोहित शर्माले गर्नेछन् ।
यी खेलाडी आइपिएलका सर्वाधिक सफल कप्तान समेत हुन् । धोनीको कप्तानीमा चेन्नईले चार र रोहितको कप्तानीमा मुम्बईले पाँच पटक उपाधि जितेका छन् । चेन्नई पहिलो खेलमा गुजरात टाइटन्ससँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा चेन्नईले लखनऊ सुपर जायन्ट्सलाई १२ रनले हराएको थियो । उता मुम्बई पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरसँग ८ विकेटले पराजित भएको थियो ।
चेन्नईका युवा ओपनर ऋतुराज गायकवाड राम्रो लयमा छन् । पहिलो खेलमा गुजरातविरुद्ध ९२ र लखनऊविरुद्ध ५७ रन बनाउँदै ऋतुले सानदार प्रदर्शन गरेका थिए । उनको लय मुम्बईलाई घातक बन्नसक्छ । भारतीय टोलीमा स्थान बनाउन पनि ऋतुलाई उच्च प्रदर्शनको आवश्यक छ । दुबै खेलमा ऋतुले आक्रामक प्रदर्शन गरेका थिए । लखनऊविरुद्ध ऋतुलाई अर्का ओपनर डेभन कन्वेले त्यतिनै राम्रो साथ दिएका थिए ।

न्युजिल्यान्डका भरपर्दा ब्याटर कन्वे र ऋतुको जोडी मुम्बईलाई घातक बन्नसक्छ । त्यसपछि मोईन अली, बेन स्टोक्स र शिवम दुबे हुनेछन् । सुरुवाती दुई खेलमा चल्न नसकेका बेन स्टोक्स आजको खेलमा नायक बन्न सक्छन् । मोईन अलीको भूमिकानै आक्रामक ब्याटिङ हुनेछ ।
लखनऊविरुद्ध धोनीले मार्क वुडलाई लगातार दुई छक्का हानेका थिए । चेन्नई धोनी र रविन्द्र जडेजाबाट राम्रो अन्त्य चाहन्छ । वानखडेको पिच हुँदा स्पिनर मिचेल सान्टनारको स्थानमा चेन्नईले ड्वेन प्रिटोरियसलाई मौका दिनसक्छ । प्रिटोरियस तीव्र गतिमा बलिङसँगै तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता पनि राख्छन् ।
चेन्नईको तीव्र गतिको बलरमा दीपक चाहर र प्रिटोरियसको सम्भावना छ । लखनऊलाई हराउन मोईन अलीले चार विकेट लिँदै उच्च प्रदर्शन गरेका थिए । तुषार देशपान्डेको स्थानमा आज आकाश सिंहलाई मौका दिनसक्छ ।

उता मुम्बईको ब्याटिङ उत्कृष्ट छ । तर जिम्मेवारीका साथ खेल्नुपर्ने हुन्छ । बेंगलोरविरुद्ध खराब सुरुवातबाट खेलमा फर्काउन तिलक बर्माले ८४ रनको एक यादगार इनिङ खेलेका थिए । बर्माले गतवर्ष पनि उच्च प्रदर्शन गरेका थिए ।
मुम्बई कप्तान रोहित शर्मा र ईशान किशनबाट उत्कृष्ट सुरुवात चाहन्छ । अक्सनमा साढे १७ करोड भारु पाएका क्यामरन ग्रीन पहिलो खेलमा पाँच रनमा आउट भएका थिए । ग्रीनबाट मुम्बई दोस्रो खेलमा उच्च प्रदर्शनको अपेक्षा गर्नेछ । उनलाई त्यो दबाब समेत हुनेछ ।
चौथो नम्बरका ब्याटर सूर्यकुमार यादवको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । मुम्बईका प्रमुख ब्याटर समेत हुन् । सूर्य चलेको खण्डमा भने मुम्बईको जित सहज हुनसक्छ । त्यसपछि तिलक बर्मा, टिम डेविड र नेहाल वढेरा छन् । टिम डेविडबाट राम्रो अन्त्य चाहन्छ ।

मुम्बईको ब्याटिङ लाइनअप उत्कृष्ट छ । टिममा टि२० विशेष खेलाडीको बाहुल्यता छ । तर बलिङमा जोफ्रा आर्चरको प्रदर्शन महत्वपूर्ण हुनेछ । जोफ्राको बाउन्सर बल खेल्न सहज भने हुनेछैन ।
जेसन बेहरनडोर्फको स्थानमा राइली मेरिडीथलाई मौका दिनसक्छ । त्यस्तै आजको खेलमा सचिन तेन्दुलकरका छोरा अर्जुनले डेब्यू गर्ने सम्भावना पनिछ ।
हेड टु हेड :
आइपिएलमा मुम्बई र चेन्नईबीच कुल ३४ खेल भएका छन् । जसमा चेन्नई १४ र मुम्बई २० खेलमा विजयी भएका छन् । पछिल्ला पाँच भेटमा मुम्बईले तीन खेलमा जित हात पार्दा दुई खेलमा पराजित भएको थियो ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]