default_image

3 years ago

April 8, 2023

चेन्नईविरुद्ध चलेन मुम्बईको ब्याटिङ

271 views

0 Bookmark

एजेन्सी – मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १२ औं खेलमा चेन्नई सुपर किंग्सलाई १ सय ५८ रनको मध्यम लक्ष्य दिएको छ । घरेलु मैदान वानखडेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनायो ।

मुम्बईका ओपनर ईशान किशनले २१ बलमा ५ चौकासहित सर्वाधिक ३२ रन बनाए । टिम डेविडले २२ बलमा १ चौका र २ छक्कासहित २१ रन बनाए । ओपनर रोहित शर्मा र ईशानले पहिलो विकेटका लागि ४ ओभरमा ३८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

तुषार देशपान्डेले रोहितलाई २१ रनमा बोल्ड गरे । रोहितले १३ बलमा ३ चौका र १ छक्का प्रहार गरो । रविन्द्र जडेजाले क्यामरन ग्रीनलाई १२ रनमा कट एण्ड बोल्ड गरे । स्पिनर मिचेल सान्टनरको बलमा सूर्यकुमार यादव एक रनमा धोनीबाट क्याच आउट भएपछि समस्यामा परेको थियो ।

तिलक बर्मा १८ बला २ चौका र १ छक्कासहित २२, अर्शद खान २ र ट्रिस्टन स्टब्सले ५ रन बनाए । हृथिक शोकीन १३ बलमा ३ चौकासहित १८ र पियुष चवला ५ रनमा अविजित रहे । टि२० विशेष खेलाडी भएपनि धोनीको कप्तानी सामु कुनैपनि ब्याटर लामो समय टिक्न सकेनन् । बलर परिवर्तन र लगातार विकेट लिन धोनीको कप्तानी पनि उत्कृष्ट रह्यो ।

चेन्नईका रविन्द्र जडेजाले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । मिचेल सान्टनारले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । तुषार देशपान्डेले ३ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । सिसान्डा मगलाले एक विकेट लिए ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.