3 years ago
April 8, 2023
एजेन्सी – अनुभवी ब्याटर अजिंक्या रहाणेको विष्फोटक ब्याटिङको सहयोगमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा मुम्बई इन्डियन्समाथि ७ विकेटको सानदार जित हात पारेको छ । मुम्बईको यो लगातार दोस्रो हार हो । चेन्नईको तेस्रो खेलमा दोस्रो जित हो ।

जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १८.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । चेन्नईका अजिक्या रहाणेले २७ बलमा ७ चौका र ३ छक्कासहित ६१ रनको उत्कृष्ट इनिङ खेले । उनले मात्रै १९ बलमा अर्धशतक पूरा गरेका थिए ।
चेन्नईको इतिहासमा सर्वाधिक छिटो अर्धशतक हान्ने तेस्रो खेलाडी हुन् । उनी अघि २०१४ मा सुरेश रैनाले पन्जाब सुपर किंग्सविरुद्ध यसै मैदानमा १६ रनमा अर्धशत पूरा गरेका थिए । २०२२ मा मोईन अलीले चेन्नईबाट राजस्थान रोयल्सविरुद्ध १९ र २०१२ मा मुम्बईविरुद्ध धोनीले २० बलमा अर्धशतक पूरा गरेका थिए ।
आइपिएल इतिहासमै मुम्बईविरुद्ध छिटो अर्धशतक हान्ने तेस्रो खेलाडी हुन् । उनी अघि कोलकाताका प्याट कमिन्सले १४ र दिल्ली क्यापिटल्समा ऋषभ पन्तले १८ बलमा मुम्बईविरुद्ध अर्धशतक प्रहार गरेका थिए ।

रहाणेले चौथो ओभरमा अर्शद खानलाई कुल २३ रन प्रहार गरेका थिए । पहिलो बल छक्का हान्दा त्यसपछि लगातार चार चौका प्रहार गर्दै विष्फोटक ब्याटिङ सुरुवात गरेका थिए । दोस्रो विकेटका लागि ऋतुराज गायकवाड र रहाणेले ४४ बलमा ८२ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।
शिवम दुबे २६ बलमा २ चौका र १ छक्कासहित २८ रनमा आउट भए । ओपनर डेभन कन्वेलाई पहिलो ओभरको चौथो बलमै तीव्र गतिका बलर जेसन बेहरनडोफले शून्यमा बोल्ड गरेका थिए ।

ऋतुराज गायकवाड ३६ बलमा २ चौका र १ छक्कासहित ४० रनमा अविजित रहे । अम्बाती रायुडू १६ बलमा ३ चौकासहित २० रनमा अविजित रहे । मुम्बईका जेसन बेहरनडोफ, पियुष चवला र कुमार कार्तिकेले एक एक विकेट लिए ।
त्यसअघि घरेलु मैदान वानखडेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । मुम्बईमा रोहित शर्मा, ईशान किशन, सूर्यकुमार यादव, टिम डेविड र क्यामरन ग्रीन जस्ता टि२० विशेष खेलाडी भएपनि कुनैपनि ब्याटरले राम्रो गर्न सकेनन् ।
मुम्बईका ओपनर ईशान किशनले २१ बलमा ५ चौकासहित सर्वाधिक ३२ रन बनाए । टिम डेविडले २२ बलमा १ चौका र २ छक्कासहित २१ रन बनाए । ओपनर रोहित शर्मा र ईशानले पहिलो विकेटका लागि ४ ओभरमा ३८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।
तीव्र गतिका बलर तुषार देशपान्डेले रोहितलाई २१ रनमा बोल्ड गरे । रोहितले १३ बलमा ३ चौका र १ छक्का प्रहार गरे । रोहित आउट भएपछि मुम्बईले लगातार विकेट गुमाउन पुग्यो । रविन्द्र जडेजाले क्यामरन ग्रीनलाई १२ रनमा कट एण्ड बोल्ड गरे । स्पिनर मिचेल सान्टनारको बलमा सूर्यकुमार यादव एक रनमा धोनीबाट क्याच आउट भएपछि समस्यामा परेको थियो ।

तिलक बर्मा १८ बला २ चौका र १ छक्कासहित २२, अर्शद खान २ र ट्रिस्टन स्टब्सले ५ रन बनाए । हृथिक शोकीन १३ बलमा ३ चौकासहित १८ र पियुष चवला ५ रनमा अविजित रहे । टि२० विशेष खेलाडी भएपनि धोनीको कप्तानी सामु कुनैपनि ब्याटर लामो समय टिक्न सकेनन् । बलर परिवर्तन र लगातार विकेट लिन धोनीको कप्तानी पनि उत्कृष्ट रह्यो ।
चेन्नईको जितमा रविन्द्र जडेजाले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । मिचेल सान्टनारले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । तुषार देशपान्डेले ३ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । सिसान्डा मगलाले एक विकेट लिए ।
चेन्नई पहिलो खेलमा गुजरात टाइटन्ससँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा चेन्नईले लखनऊ सुपर जायन्ट्सलाई १२ रनले हराएको थियो । चेन्नईले चौथो खेल बुधबार राजस्थान रोयल्ससँग खेल्नेछ । उता मुम्बई पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरसँग ८ विकेटले पराजित भएको थियो । मुम्बईले तेस्रो खेल मगलबार दिल्ली क्यापिटल्ससँग खेल्नेछ ।
शनिबार पहिलो खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई ५७ रनले हराएको थियो । आइतबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा दिउँसो ३ ः ४५ मा गुजरात र कोलकाताबीच अहमदाबादमा हुनेछ । दोस्रो खेलमा साँझ ७ : ४५ मा हैदराबाद र पन्जाबबीच प्रतिस्पर्धा हुनेछ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]