default_image

3 years ago

April 9, 2023

रिंकुको अन्तिम पाँच बलमा पाँच लगातार छक्कासँगै कोलकाताको अविश्वसनीय जित

226 views

0 Bookmark

एजेन्सी – युवा ब्याटर रिंकु सिंहले अन्तिम पाँच बलमा लगातार पाँच छक्का हानेपछि कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग(आइपिएल) २०२३ मा गुजरात टाइटन्समाथि तीन विकेटको रोमान्चक जित हात पारेको छ । कोलकातालाई जितको लागि अन्तिम ६ बलमा २९ रन चाहिँएको थियो ।

उमेश यादवले एक रन दिँदै रिंकुलाई स्ट्राइक दिए । रिंकु सिंहले यश दयाललाई अन्तिम पाँच बलमा लगातार पाँच छक्का हानेपछि कोलकाताले अविश्वसनीय जित हात पारेको हो ।

जितको लागि २ सय ५ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । कोलकाताको जितमा हिरो बनेका रिंकु २१ बलमा १ चौका र ६ छक्कासहित ४८ रनमा अविजित रहे । वेंकटेश ऐरले ४० बलमा ८ चौका र ५ छक्कासहित सर्वाधिक ८३ रनको योगदान दिए ।

कार्यवाहक कप्तान राशिद खानले १७ औं ओभरमा ह्याट्रिक लिँदै लिएपनि जित दिलाउन सकेनन् । कोलकातालाई जितको लागि २४ बलमा ५० रन चाहिँएको थियो । राशिद खानको पहिलो बलमा फिनिसर आन्द्रे रसेल एज लागेर वैकल्पिक विकेटकिपर केएस भरतबाट क्याच आउट भए ।

लगत्तै अर्को बलमा सुनिल नारायण ठूलो सटको धुनमा क्याच आउट भए । तेस्रो बलमा राशिद खानले शार्दुल ठाकुरलाई एलबीडब्लू आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

ओपनर रहमानउल्लाह गुरबाज १२ बलमा १ चौका र १ छक्कासहित १५ रन जोड्दै आउट भएका थिए । तीव्र गतिका बलर मोहम्मद शामीको बलमा यश दयालबाट क्याच आउट भएका थिए । नारायण जगदीशन ८ बलमा ६ रन बनाउँदै आउट भएका थिए । तेस्रो विकेटका लागि कप्तान नितिश राणा र ऐरले ५५ बलमा १ सय रनको सानदार शतकीय साझेदारी गरेका थिए ।

नितिश २९ बलमा ४ चौका र ३ छक्कासहित ४५ रनमा आउट भए । उनी तीव्र गतिका बलर अल्जारी जोशेफको बलमा मिडअफमा मोहम्मद शामीबाट क्याच आउट भएका थिए । ऐर जोशेफको १६ औं ओभरको पाँचौं बलमा लङअनमा क्याच आउट भएका थिए ।

राशिद खानले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । अल्जारी जोशेफले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । मोहम्मद शामी र जोश लिटिलले एक एक विकेट लिए ।

त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस जितेर पहिला ब्याटिङ रोजेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ४ रन बनाएको थियो । गुजरातका विजय शंकर २४ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ६३ रनमा अविजित रहेपनि जितको लागि पर्याप्त रहेन । युवा ब्याटर साई सुदर्शनले ३८ बलमा ३ चौका र २ छक्कासहित ५३ रन बनाएका थिए ।

गुजरातलाई ओपनर शुभमन गिल र ऋद्धिमान शाहले ४.२ ओभरमा ३३ रन जोड्दै मध्यम सुरुवात दिलाएका थिए । स्पिनर सुनिल नारायणको बलमा नारायण जगदीशनले डिप मिडविकेटमा शाहको उत्कृष्ट क्याच लिएका थिए । उनले १७ बलमा ३ चौकासहित १७ रन बनाएका थिए ।

शुभमन गिल ३१ बलमा ५ चौकासहित ३९ रनमा आउट भए । दोस्रो विकेटका लागि गिल र सुदर्शनले ६७ रनको साझेदारी गरेका थिए । सयुश शर्माले अभिनव मनोहरलाई १४ रनमा बोल्ड गरेका थिए । कोलकाताको जितमा सुनिल नारायणले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । सुयश शर्माले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए ।

गुजरातले पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई ५ विकेट र दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको थियो । गुजरातले अव बिहीबार पन्जाब किंग्ससँग खेल्नेछ ।

कोलकाता पहिलो खेलमा पन्जाबसँग ७ रनले पराजित भएको थियो । दोस्रो खेलका कोलकाताले रोयल च्यालेन्जर्स बेंगलोरलाई ८१ रनले हराएको थियो । कोलकाताले अव शुक्रबार सनराइजर्स हैदराबादसँग खेल्नेछ । आजको अर्को खेलमा पन्जाब र हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.