3 years ago
April 9, 2023
एजेन्सी – भारतीय युवा बायाँ हाते ब्याटर रिंकु सिंह इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासमै अन्तिम ओभरमा लगातार पाँच छक्का हान्ने पहिलो खेलाडी बनेका छन् । आइतबार साँझ कोलकाता नाइट राइडर्सलाई गुजरात टाइटन्सविरुद्ध तीन विकेटको अविश्वसनीय जित दिलाउन हिरो बनेका रिंकुले नयाँ इतिहास रचेका हुन् ।

जितको लागि २ सय ५ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । अन्तिम पाँच बलमा कोलकातालाई जितको लागि २८ रन चाहिँएको थियो । रिंकु सिंहले तीव्र गतिका बलर यश दयाललाई लगातार पाँच छक्का हान्दै अविश्वसनीय जित दिलाए ।
रिंकु आइपिएल इतिहासमै अन्तिम ओभरमा लगातार पाँच छक्का हान्दै खेल जिताउने पहिलो खेलाडी बन्न पुगेका छन् । समग्रमा उनी आइपिएलमा लगातार पाँच छक्का हान्ने दोस्रो खेलाडी हुन् । यसअघि २०१२ मा रोयल च्यालेन्जर्स बेंगलोरका क्रिस गेलले पुणे वारियर्सका राहुल शर्मालाई १३ औं ओभरको अन्तिम पाँच बलमा पाँच छक्का हानेका थिए ।
२०२० मा राजस्थान रोयल्सका राहुल टेवाटियाले पन्जाब किंग्सका शेल्डन कटरेललाई एकै ओभरमा पाँच छक्का हानेका थिए । तर लगातार थिएन । टेवाटियाले १८ औं ओभरको सुरुवाती चार र अन्तिम बलमा गरि पाँच छक्का हानेका थिए ।

त्यस्तै चेन्नई सुपर किंग्सका रविन्द्र जडेजाले बेंगलोरका हर्षल पटेललाई पहिलो इनिङको अन्तिम ओभरमा पाँच छक्का हानेका थिए । जडेजको पनि लगातार थिएन । जडेजाले पहिलो, दोस्रो, नो बलमा दुई छक्का अनि पाँचौं बलमा गरि पाँच छक्का हानेका थिए ।
अन्तिम ओभरमा २९ रन बनाउँदै जित्ने कोलकाता पहिलो टोली हो । यसअघि अन्तिम ओभरमा २०१६ मा राइजिङ पुणे सुपर जायन्ट्सले पन्जाक किंग्स ११ विरुद्ध २३ रन बनाउँदै जित हात पारेको थियो । गतवर्ष गुजरात जायन्ट्सले अन्तिम ओभरमा २२ रन बनाउँदै सनराइजर्स हैदराबादविरुद्ध जित हात पारेको थियो ।
आइपिएल एकै इनिङमा सर्वाधिक रन खर्चिने यश दयाल दोस्रो खेलाडी बनेका छन् । उनले ४ ओभरमा ६९ रन खर्चिए । सर्वाधिक धेरै हैदराबादका बसिल थाम्पीले २०१८ मा बेंगलोरविरुद्ध ७० रन खर्चेका थिए ।

रिंकु २१ बलमा १ चौका र ६ छक्कासहित ४८ रनमा अविजित रहँदै खेलको प्लेयर अफ द म्याच बने । कोलकाताको जितमा वेंकटेश ऐरले ४० बलमा ८ चौका र ५ छक्कासहित सर्वाधिक ८३ रनको योगदान दिए ।
एक समय कोलकाता जिततर्फ अघि बढेको थियो । तर कार्यवाहक कप्तान राशिद खानले १७ औं ओभरमा ह्याट्रिक लिँदै लिएपनि रिंकुको इनिङले ओझेलमा पार्यो । कोलकातालाई जितको लागि २४ बलमा ५० रन चाहिँएको थियो ।
राशिद खानको पहिलो बलमा फिनिसर आन्द्रे रसेल एज लागेर वैकल्पिक विकेटकिपर केएस भरतबाट क्याच आउट भए । लगत्तै अर्को बलमा सुनिल नारायण ठूलो सटको धुनमा क्याच आउट भए । तेस्रो बलमा राशिद खानले शार्दुल ठाकुरलाई एलबीडब्लू आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस जितेर पहिला ब्याटिङ रोजेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ४ रन बनाएको थियो । गुजरातका विजय शंकर २४ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ६३ रनमा अविजित रहेपनि जितको लागि पर्याप्त रहेन ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]