3 years ago
April 9, 2023
एजेन्सी – कप्तान शिखर धवनको अनौठो ब्याटिङमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १४ औं खेलमा सनराइजर्स हैदराबादलाई १ सय ४४ रनको मध्यम लक्ष्य दिएको छ ।

हैदराबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रन बनायो । पन्जाबका शिखर धवन ६६ बलमा १२ चौका र ५ छक्कासहित सर्वाधिक ९९ रनमा अविजित रहँदै कप्तानी इनिङ खेले । धवन बाहेक अन्य कुनैपनि ब्याटरले सम्झन योग्य प्रदर्शन गर्न सकेनन् ।
पन्जाब १५ ओभरमा ८८–९ को अवस्थामा थियो । उक्त समय धवन ४७ रनमा क्रिजमा थिए । धवनले अन्तिम विकेटका लागि मोहित राथेसँग ३० बलमा ५५ रनको साझेदारी गर्दै साख कटाएका थिए । उक्त साझेदारीमा मोहितले दुई बलमा एक रन मात्रै जोडेका थिए । टि नटराजानलाई अन्तिम बलमा छक्का हानेपछि धवन ९९ रनमा अविजित रहेका थिए ।
तर पन्जाबका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । धवनपछि साम करनले १५ बलमा ३ चौका र १ छक्कासहित २२ रन बनाए । एक समय ६३–३ को अवस्थामा रहेको पन्जाबले लगातार विकेट गुमाएको थियो । इनिङको पहिलो बलमै भुवनेश्वर कुमारले ओपनर प्रभसिमरन सिंहलाई एलबीडब्लू आउट गर्दै रोयल डक पेभेर्लिन फर्काए ।

मार्को यानसनले आइपिएलमा पहिलो खेल खेलेका म्याथ्यु शर्टलाई एक रनमा एलबीडब्लू आउट गरे । यानसनकै बलमा जितेश शर्मा ४ रनमा एडेन माक्ररमबाट क्याच आउट भएपछि पन्जाब ३.५ ओभरमा २२–३ को अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि धवन र साम करनले ४२ रनको साझेदारी गर्दै खेलमा फर्किन सक्ने सम्भावना देखाएका थिए ।
साम करन स्पिमर मयंक मारकन्डेको बलमा क्याच आउट भएपछि लगातार विकेट गुमाएको थियो । त्यसपछि लगातार विकेट गुमायो । हैदराबादका मयंक मारकन्डेले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए ।
उमरान मलिकले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । मार्को यानसनले ३ ओभरमा १ मेडनसहित १६ रन खर्चेर २ विकेट लिए । भुवनेश्वर कुमारको नाममा १ विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]