default_image

3 years ago

April 9, 2023

धवनको अनौठो ब्याटिङले पन्जाबको साख बच्यो

322 views

0 Bookmark

एजेन्सी – कप्तान शिखर धवनको अनौठो ब्याटिङमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १४ औं खेलमा सनराइजर्स हैदराबादलाई १ सय ४४ रनको मध्यम लक्ष्य दिएको छ ।

हैदराबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रन बनायो । पन्जाबका शिखर धवन ६६ बलमा १२ चौका र ५ छक्कासहित सर्वाधिक ९९ रनमा अविजित रहँदै कप्तानी इनिङ खेले । धवन बाहेक अन्य कुनैपनि ब्याटरले सम्झन योग्य प्रदर्शन गर्न सकेनन् ।

पन्जाब १५ ओभरमा ८८–९ को अवस्थामा थियो । उक्त समय धवन ४७ रनमा क्रिजमा थिए । धवनले अन्तिम विकेटका लागि मोहित राथेसँग ३० बलमा ५५ रनको साझेदारी गर्दै साख कटाएका थिए । उक्त साझेदारीमा मोहितले दुई बलमा एक रन मात्रै जोडेका थिए । टि नटराजानलाई अन्तिम बलमा छक्का हानेपछि धवन ९९ रनमा अविजित रहेका थिए ।

तर पन्जाबका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । धवनपछि साम करनले १५ बलमा ३ चौका र १ छक्कासहित २२ रन बनाए । एक समय ६३–३ को अवस्थामा रहेको पन्जाबले लगातार विकेट गुमाएको थियो । इनिङको पहिलो बलमै भुवनेश्वर कुमारले ओपनर प्रभसिमरन सिंहलाई एलबीडब्लू आउट गर्दै रोयल डक पेभेर्लिन फर्काए ।

मार्को यानसनले आइपिएलमा पहिलो खेल खेलेका म्याथ्यु शर्टलाई एक रनमा एलबीडब्लू आउट गरे । यानसनकै बलमा जितेश शर्मा ४ रनमा एडेन माक्ररमबाट क्याच आउट भएपछि पन्जाब ३.५ ओभरमा २२–३ को अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि धवन र साम करनले ४२ रनको साझेदारी गर्दै खेलमा फर्किन सक्ने सम्भावना देखाएका थिए ।

साम करन स्पिमर मयंक मारकन्डेको बलमा क्याच आउट भएपछि लगातार विकेट गुमाएको थियो । त्यसपछि लगातार विकेट गुमायो । हैदराबादका मयंक मारकन्डेले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए ।

उमरान मलिकले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । मार्को यानसनले ३ ओभरमा १ मेडनसहित १६ रन खर्चेर २ विकेट लिए । भुवनेश्वर कुमारको नाममा १ विकेट लिए ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.