default_image

3 years ago

April 10, 2023

शीर्ष तीन ब्याटरको सानदार ब्याटिङमा बेंगलोरको विशाल योगफल

216 views

0 Bookmark

एजेन्सी – कप्तान फाफ डु प्लेसिस, विराट कोहली र ग्लेन म्याक्सवेलको सानदार ब्याटिङमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १५ औं खेलमा लखनऊ सुपर जायन्ट्सलाई २ सय १३ रनको विशाल लक्ष्य दिएको छ ।

घरेलु मैदान चिन्नास्वामी रंगाशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १२ रन बनायो । बेंगलोरका कप्तान फाफ डु प्लेसिस ४६ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ७९ रनमा अविजित रहे ।

पहिलो विकेटका लागि डु प्लेसिस र विराट कोहलीले ११.३ ओभरमा ९६ रनको सानदार साझेदारी गरेका थिए । विराट कोहली ४४ बलमा ४ चौका र ४ छक्कासहित ६१ रन बनाउँदै क्याच आउट भए । कोहली स्पिनर अमित मिश्राको बलमा ठूलो सट खेल्ने धुनमा डीप मिडविकेटमा मार्कस स्टोइनिसबाट क्याच आउट भएका थिए ।

त्यसपछि दोस्रो विकेटका लागि डु प्लेसिस र ग्लेन म्याक्सवेलले ५० बलमा १ सय १५ रनको आक्रामक शतकीय साझेदारी गरेका थिए । म्याक्सवेल २९ बलमा ३ चौका र ६ छक्कासहित ५९ रनमा आउट भए । म्याक्सवेल अन्तिम ओभरको पाँचौं बलमा मार्क वुडको बलमा बोल्ड भएका थिए ।

विराट कोहली र डु प्लेसिसले समान ३५ बलमा अर्धशतक हानेका थिए । ग्लेन म्याक्सवेलले २४ बलमा अर्धशतक हानेका थिए ।
लखनऊका अमित मिश्राले २ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । मार्क वुडले ४ ओभरमा १ मेडनसहित ३२ रन खर्चेर १ विकेट लिए ।

बेंगलोर दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा बेंगलोरले मुम्बई इन्डियन्सलाई ८ विकेटले हराएको थियो । तर बेंगलोर दोस्रो खेलमा कोलकाता नाइट राइडर्ससँग ८१ रनले पराजित भएको थियो । लखनऊ तेस्रो जित निकाल्न चाहन्छ । लखनऊले दिल्लीलाई ५० रन र हैदराबादलाई ५ विकेटले हराएको थियो । चेन्नई सुपर किंग्ससँग १२ रनले पराजित भएको थियो ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.