3 years ago
April 10, 2023
एजेन्सी – विकेटकिपर निकोलस पुरनले विष्फोटक ब्याटिङ गरेपछि लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा रोयल च्यालेन्जर्स बेंगलोरमाथि एक विकेटको रोमान्चक जित हात पारेको छ । तेस्रो जितका साथ लखनऊ शीर्ष स्थानमा उक्लिएको छ ।

जितको लागि २ सय १३ रनको विशाल विजयी लक्ष्य पछ्याएको लखनऊले २० ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । लखनऊको जितमा निकोलस पुरनले १९ बलमा ४ चौका र ७ छक्कासहित ६२ रनको विष्फोटक ब्याटिङ गरे ।
लखनऊलाई जितको लागी अन्तिम ६ बलमा ५ रन चाहिँएको थियो । तीव्र गतिका बलर हर्षल पटेलले जयदेव उनादकटलाई एक रन दिए । फुलटस दोस्रो बलमा मार्क वुडलाई बोल्ड गरेपछि चार बलमा चार रन चाहिँएको थियो । रवि विश्रोईले तेस्रो बलमा दुई रन बटुले । चौथो बलमा एक रन बटुल्दा पाँचौं बलमा लङअनमा जयदेव उनादकट क्याच आउट भए ।

अन्तिम बलमा जितको लागि लखनऊलाई एक रन चाहिँएको थियो । अन्तिम बलमा आवेश खान मिस भएपनि विकेटकिपर दीनेश कार्तिकले रन आउट गर्न चुकेपछि लेगवाइको रुपमा रन बटुल्दै रोमान्चक जित हात पारेको हो । पुरनले मात्रै १५ बलमा अर्धशतक पूरा गरेका थिए । पुरन मोहम्मद शिराजको १७ औं ओभरको अन्तिम बलमा ठूलो सट खेल्ने धुनमा डीप स्क्वायर लेगमा शहबाज अहमदबाट क्याच आउट भएका थिए ।
आइपिएलमा सर्वाधिक छिटो अर्धशतक लोकेश राहुल र प्याट कमिन्सले समान १४ बलमा हानेका थिए । युसुफ पठान र सुनिल नारायणले पनि १५-१५ बलमा अर्धशतक पूरा गरेका थिए । छैटौं विकेटका लागी आयुष बदोनी र पुरनले ३५ बलमा ८४ रनको विष्फोटक साझेदारी गरेका थिए ।

बदोनी २४ बलमा ४ चौकासहित ३० रनमा आउट भए । बदोनी दुर्भाग्यपूर्ण आउट भए । वेन पार्नेलको १९ औं ओभरको चौथो बलमा स्वीप खेल्दै छक्का हानेपनि ब्याटले स्टम्प हानेपछि हिट विकेटको रुपमा आउट भएका थिए । लखनऊको सुरुवात भने राम्रो हुन सकेको थिएन ।
तीव्र गतिका बलर मोहम्मद शिराजले पहिलो ओभरको तेस्रो बलमै ओपनर कायल मेयर्सलाई शून्यमा बोल्ड आउट गरे । उनी एज लागेर बोल्ड भएका थिए । चौथो ओभरमा तीव्र गतिका बलर वेन पार्नेलले दुई विकेट लिँदै बेंगलोरलाई सानदार सुरुवात दिलाएका थिए । पार्नेलले दीपक हुडा ९ र क्रुनाल पान्ड्या शून्यमा विकेटकिपरबाट क्याच आउट भएका थिए ।
एक समय २३-३ को अवस्थामा पुगेको लखनऊलाई चौथो विकेटका लागीका लागि कप्तान लोकेश राहुल र मार्कस स्टोइनिसले ४० बलमा ७६ रनको साझेदारी गरेका थिए ।

मार्कस स्टोइनिस ३० बलमा ६ चौका र ५ छक्कासहित ६५ रनको उत्कृष्ट इनिङ खेलेका थिए । उनी स्पिनर कर्ण शर्माको बलमा ठूलो सट खेल्ने धुनमा क्याच आउट भएका थिए । लोकेश राहुल २० बलमा १८ रनमा आउट भए ।
त्यसपछि मैदान आएका निकोलस पुरनले विष्फोटक ब्याटिङ खेललाई रोचक बनाएका थिए । रोयल च्यालेन्जर्स बेंगलोरका मोहम्मद शिराजले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । वेन पार्नेलले ४ ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए । हर्षल पटेलले ४ ओभरमा ४८ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि घरेलु मैदान चिन्नास्वामी रंगाशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो । तर बलिङ नचल्दा पराजित हुन पुग्यो । बेंगलोरका कप्तान फाफ डु प्लेसिस ४६ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ७९ रनमा अविजित पनि हार टार्न सकेनन् ।

पहिलो विकेटका लागि डु प्लेसिस र विराट कोहलीले ११.३ ओभरमा ९६ रनको सानदार साझेदारी गरेका थिए । विराट कोहली ४४ बलमा ४ चौका र ४ छक्कासहित ६१ रन बनाउँदै क्याच आउट भए । कोहली स्पिनर अमित मिश्राको बलमा ठूलो सट खेल्ने धुनमा डीप मिडविकेटमा मार्कस स्टोइनिसबाट क्याच आउट भएका थिए ।
त्यसपछि दोस्रो विकेटका लागि डु प्लेसिस र ग्लेन म्याक्सवेलले ५० बलमा १ सय १५ रनको आक्रामक शतकीय साझेदारी गरेका थिए । म्याक्सवेल २९ बलमा ३ चौका र ६ छक्कासहित ५९ रनमा आउट भए । म्याक्सवेल अन्तिम ओभरको पाँचौं बलमा मार्क वुडको बलमा बोल्ड भएका थिए ।
लखनऊका अमित मिश्राले २ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । मार्क वुडले ४ ओभरमा १ मेडनसहित ३२ रन खर्चेर १ विकेट लिए । पहिलो खेलमा बेंगलोरले मुम्बई इन्डियन्सलाई ८ विकेटले हराएको थियो । बेंगलोर दोस्रो खेलमा कोलकाता नाइट राइडर्ससँग ८१ रनले पराजित भएको थियो ।

बेंगलोरले अव शनिबार दिल्ली क्यापिटल्ससँग खेल्नेछ । लखनऊले दिल्लीलाई ५० रन र हैदराबादलाई ५ विकेटले हराएको थियो । चेन्नई सुपर किंग्ससँग १२ रनले पराजित भएको थियो । लखनऊले अव शनिबार नै पन्जाबसँग खेल्नेछ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]