3 years ago
April 11, 2023
एजेन्सी – मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १६ औं खेलमा दिल्ली क्यापिटल्समाथि ६ विकेटको रोमान्चक जित हात पारेको छ । मुम्बईले पहिलो जित हात पार्दा दिल्ली लगातार चौथो खेलमा पराजित भएकोछ ।

जितको लागि १ सय ७३ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ४ विकेट गुमाउँदै गर्यो । मुम्बईलाई जितको लागि अन्तिम ६ बलमा पाँच रन चाहिँएको थियो । तीव्र गतिका बलर एनरिच नोर्कियाले पहिलो बल क्यामरन ग्रीनलाई एक रन दिए । दोस्रो बलमा डिप मिडविकेटमा मुकेश कुमारले टिम डेविडको क्याच छाड्न पुगेका थिए ।
तेस्रो बल डट राखेपछि बाँकी तीन बलमा चार रन चाहिँएको थियो । चौथो र पाँचौं बलमा एक एक रन दिए । अन्तिम बलमा दुई रन चाहिँएको थियो । टिम डेविडले दुई रन बटुल्दै रोमान्चक जित दिलाए । मुम्बईको जितका कप्तान रोहित शर्माले ४५ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ६५ रनको योगदान दिए ।
मुम्बईलाई ओपनर ईशान किशन र रोहित शर्माले ७.३ ओभरमा ७१ रनको उत्कृष्ट सुरुवात दिलाएका थिए । ईशान २६ बलमा ६ चौकासहित ३१ रनमा रन आउट भए । दोस्रो विकेटको रुपमा तिलक बर्मा र रोहित शर्माले ६८ रनको साझेदारी गरेका थिए । १६ औं ओभरको अन्तिम दुई बलमा मुकेश कुमारले दुई विकेट लिएका थिए ।

पाँचौं बलमा तिलक डिप मिडविकेटमा मनिष पाण्डेबाट क्याच आउट भए । तिलकले २९ बलमा १ चौका र ४ छक्कासहित ४१ रन बनाए । अर्को बलमा सूर्यकुमार यादव गोल्डेन डक हुँदै पेभेलिएन फर्के । सूर्य कुलदीप यादवबाट क्याच आउट भएका थिए ।
क्यामरन ग्रीन ८ बलमा १ चौका र १ छक्कासहित १७ रनमा अविजित रहे । टिम डेविड ११ बलमा १ छक्कासहित १३ रनमा अविजित रहे । दिल्लीका मुकेश कुमारले २ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । मुस्ताफिजुर रहमानले एक विकेट लिए ।
त्यसअघि अरुण जेट्ली स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोली दिल्ली १९.४ ओभरमा १ सय ७२ रनमा अल आउट भएको थियो । दिल्लीका अक्षर पटेलले २५ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ५४ रनको आक्रामक इनिङ खेलेपनि जितको लागी पर्याप्त हुन सकेन । अक्षरले मात्रै २२ बलमा अर्धशतक पूरा गरेका थिए ।

कप्तान डेविड वार्नरले ४७ बलमा ६ चौकासहित ५१ रनको सुस्त इनिङ खेले । वार्नरलाई मिडअफमा पियुष चवालाले ३७ रनमा क्याच छाड्दै जीवनदान दिएका थिए । त्यस्तै अक्षरले ब्यक्तिगत ३५ रनमा जीवनदान पाएका थिए । तीव्र गतिका बलर जेसन बेहरनडोफको बलमा लङअनमा सूर्यकुमार यादवले क्याच छाड्न पुगेका थिए ।
सूर्य क्याच लिन नसकेपछि उनको आखाँमा चोट लागेको थियो । छैटौं विकेटका लागि वार्नर र पटेलले ६७ रनको साझेदारी गरेका थिए । दिल्लीका ओपनर पृथ्वी शा तेस्रो खेलमा पनि चल्न सकेनन् । शा १० बलमा ३ चौकासहित १५ रनमा आउट भए । चौथो ओभरको चौथो बलमा शा सट लेगमा क्यामरन ग्रीनबाट क्याच आउट भए ।
मनिष पाण्डे १८ बलमा ५ चौकासहित २६ रनमा आउट भए । १९ औं ओभरमा जेसन बेहरनडोफले मात्रै एक रन खर्चेर चार विकेट लिएपछि बलियो योगफलको सम्भावना सकिएको थियो । १८ ओभरमा दिल्ली १६५-५ को बलियो अवस्थामा थियो । तर बाँकी ७ रन जोड्दा ५ विकेट गुमाएको थियो ।

मुम्बईको जितमा अनुभवी पियुष चवालाले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । जेसन बेहरनडोेफले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । राइली मेरिडीथले ३.४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए ।
यसअघि दिल्ली लखनऊसँग ५० रन, गुजरात जायन्ट्ससँग ६ विकेट र राजस्थान रोयल्ससँग ५७ रनले पराजित भएको थियो । दिल्लीले अव शनिबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्नेछ ।
उता मुम्बई बेंगलोरसँग ८ विकेट र चेन्नई सुपर किंग्ससँग ७ विकेटले पराजित भएको थियो । मुम्बईले आइतबार कोलकाता नाइट राइडर्ससँग खेल्नेछ । बुधबार चेन्नई र राजस्थानबीच प्रतिस्पर्धा हुनेछ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]