default_image

3 years ago

April 12, 2023

आइपिएलमा उपाधि दाबेदार चेन्नई र राजस्थान भिड्दै

298 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १७ औं खेलमा आज चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ मा चेन्नईमा सुरुहुनेछ।

चेन्नई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ पाँचौं स्थानमा छ । राजस्थान रोयल्स ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । राजस्थान आजको खेलमा चेन्नईलाई हराउँदै शीर्ष स्थानमा उक्लिन चाहन्छ।

चेन्नईको कप्तानी महेन्द्रसिंह धोनी र राजस्थानको सञ्जु स्यामसनले गर्नेछन् । धोनीको उत्कृष्ट कप्तानी सामु राजस्थानको आक्रामक ब्याटिङको परिक्षा हुनेछ । दुबै टोलीमा शीर्षक्रमका ब्याटरले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

राजस्थानको ओपनर जस बटलर र यशस्वी जैसवाल दुबैले राम्रो लयमा छन् । बटलर सुरुवाती तीन खेलमा ५४, १९ र ७९ रन बनाएका छन् । जैसवालले ५४, ११ र ६० रन बनाएका छन् । जैसवाल र बटलरले दिल्लीविरुद्ध पहिलो विकेटका लागि ९८ रनको साझेदारी गरेका थिए । हैदराबादविरुद्ध ८५ रनको साझेदारी गरेका थिए । यी दुई ओपनरको लय र प्रदर्शन राजस्थानलाई निकै महत्वपूर्ण हुनेछ ।

तेस्रो नम्बरमा कप्तान सञ्जु स्यामसन हुनेछन् । स्यामसन पछिल्लो खेलमा दिल्लीविरुद्ध डक आउट भएका थिए । स्यामसनबाट राजस्थान कप्तानी इनिङ चाहन्छ । मध्यक्रममा रियान पराग र शिम्रन हेटमायर हुनेछन् । वेस्टइन्डिजका आक्रामक ब्याटर हेटमायर तीनै खेलमा आक्रामक अन्त्य गर्दै आएका छन् । उनको भूमिका फिनिसर हुनेछ । ध्रुव जुरेल पनि राम्रो ब्याटिङको सम्भावना देखाएका छन् ।

तल्लोक्रममा जेसन होल्डर र रविचन्द्रन आश्विन हुनेछन् । तीव्र गतिका बलर ट्रेन्ट बोल्टले नयाँ बलका साथ उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । बलिङमा बोल्टको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । तीव्र गतिकामा बोल्टलाई सन्दीप शर्मा र होल्डरले साथ दिनेछन् ।

स्पिनर युजभेन्द्र चहल प्रमुख हतियार हुन् । चेन्नईको पिच स्पिनर सहयोगी मानिन्छ । त्यसैले इम्प्याक्ट प्लेयरमा मुरुगन आश्विनलाई निरन्तरता दिने सम्भावना छ । स्पिनरमा युजभेन्द्र चहल, रविचन्द्रन आश्विन र मुरुगन आश्विन हुनेछन् ।

यता चेन्नईका युवा ओपनर ऋतुराज गायकवाड उच्च लयमा छन् । तर बोल्टविरुद्ध उनको इतिहास राम्रो छैन । बोल्टले गरेको २१ बलमा ऋतुराज तीन पटक आउट भएका छन् । बोल्टको बल अर्का ओपनर डेभन कन्वेले राम्रो खेल्न सक्छन् । न्युजिल्यान्डका यी दुई खेलाडीलाई एक अर्काको कमजोरी थाहा छ । गायकवाडले सुरुवाती तीन खेलमा ९२, ५७ र ४० रन बनाएका छन् ।

मुम्बईविरुद्ध अजिंक्या रहाणेले मात्रै १९ बलमा अर्धशतक हानेका थिए । जसले गर्दा मनोबल उच्च हुनेछ । बेन स्टोक्स आजको खेलमा पनि उपलब्ध हुने सम्भावना कम छ । शिवम दुबे र अम्बाती रायुडूले मध्यक्रम सम्हाल्नेछन् । कप्तान महेन्द्रसिंह धोनी र रविन्द्र जडेजा फिनिसरको रुपमा खेल्नेछन् ।

चेन्नईको पावर प्लेमा भने बलिङ राम्रो छैन । पावर प्लेमा आज स्पिनर महेश थिक्सेनाले गर्ने सम्भावना छ । यस सिजनको पहिलो खेल खेल्ने थिक्सेना नयाँ बलमा राम्रो गर्दै आएका छन् ।

चेन्नईको पिच स्पिनर सहयोगी हुँदा थिक्सेना, रविन्द्र जडेजा र मिचेल सान्टनारको जोडीको प्रदर्शन महत्वपूर्ण हुनेछ । तीव्र गतिका बलरमा तुषारदेश पाण्डे र सिसान्डा मगला हुनसक्छन् । मगला डेभन कन्वेको स्थानमा इम्प्याक्ट प्लेयरको रुपमा खेल्न सक्छन् ।

चेन्नई पहिलो खेलमा गुजरात जायन्ट्ससँग ५ विकेटले पराजित भएको थियो । त्यसपछि लखनऊ सुपर जायन्ट्सलाई १२ रन र मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको थियो । उता राजस्थान पहिलो खेलमा सनराइजर्स हैदराबादलाई ७२ रनले हराएको थियो । दोस्रो खेलमा पन्जाब किंग्ससँग ५ रनले पराजित हुँदा दिल्लीलाई ५७ रनले हराएको थियो ।

हेड टु हेड :

आइपिएलमा राजस्थान र चेन्नईबीच कुल २६ खेल भएको छ । जसमा चेन्नई १५ र राजस्थान ११ खेलमा विजयी भएका छन् । पछिल्ला पाँच खेलमा राजस्थान चार खेलमा विजयी भएको छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.