default_image

3 years ago

April 15, 2023

बेंगलोरको उत्कृष्ट जित, दिल्लीको लगातार पाँचौं हार

234 views

0 Bookmark

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २० औं खेलमा दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गरेको छ । बेंगलोरले विराट कोहलीको अर्धशतक र उत्कृष्ट बलिङका साथ दोस्रो जित निकाल्दा दिल्ली लगातार पाँच खेलमा पराजित भएको छ ।

जितको लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको दिल्ली निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५१ रन बनायो । दिल्लीका मनिष पाण्डेले ३८ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ५० रनको योगदान दिए । अक्षर पटेलले १४ बलमा ३ चौकासहित २१ रनको योगदान दिए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

दिल्लीको सुरुवात सम्झन लायक रहेन । चौथो बलमै ओपनर पृथ्वी शा शून्यमा रन आउट भए । दोस्रो ओभरको चौथो बलमा वायन पार्नेलले मिचेल मार्शलाई शून्यमा विराट कोहलीबाट क्याच आउट गराए । मोहम्मद शिराजले युवा खेलाडी यश धुललाई एक रनमा एलबीडब्लू आउट गरेपछि दिल्ली २.२ ओभरमा २–३ को दयनीय अवस्थामा पुगेको थियो ।

चौथो विकेटका लागि डेविड वार्नर र मनिष पाण्डेले २८ रनको साझेदारी गरे । वार्नर १३ बलमा ४ चौकासहित विराट कोहलीको बलमा क्याच आउट भए । तीव्र गतिका बलर विजयकुमार वैश्यकको बलमा वार्नर मिडविकेटमा क्याच आउट भएका थिए । हर्षल पटेलले अभिषेक पोरेललाई क्याच आउट गरापछि दिल्ली ८.५ ओभरमा ५३-५ को अवस्थामा पुगेको थियो ।

विजयकुमारकै बलमा अक्षर आउट भए । १४ औं ओभरको अन्तिम बलमा वानिन्दु हसरंगाले रिभ्यु रिँदै मनिष पाण्डेलाई पेभेलिएनको बाटो देखाएपछि जितको झिनो आशा समाप्त भएको थियो । एनरिच नोर्किया १४ बलमा ४ चौकासहित २३ रनमा अविजित रहँदा अमन हाकिम खान १८ रनमा आउट भए ।

बेंगलोरका लागि डेब्यू खेल खेलेका युवा तीव्र गतिका बलर विजयकुमार वैश्यकले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । मोहम्मद शिराजले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । वायन पार्नेल, वानिन्दु हसरंगा र हर्षल पटेलले समान एक विकेट लिए ।

त्यसअघि घरेलु मैदान चिन्नास्वामीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो । बेंगलोरका विराट कोहलीले ३४ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५० रनको योगदान दिए ।

कप्तान फाफ डु प्लेसिस १६ बलमा ३ चौका र १ छक्कासहित २२ रनमा आउट भए । महिपाल लोमर २६, ग्लेन म्याक्सवेल २४, हर्षल पटेल ६ र दीनेश कार्तिक शून्यमा आउट भए । शहबाज अहमद १२ बलमा ३ चौकासहित २० र अनुज रावतले १५ रन बनाए ।

दिल्लीका स्पिनर कुलदीप यादवले ४ ओभरमा १ मेडनसहित २३ रन खर्चेर २ विकेट लिए । मिचेल मार्शले २ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । ललित यादव र अक्षर पटेलले समान एक विकेट लिए ।

यसअघि दिल्ली लखनऊ सुपर जायन्ट्ससँग ५०, गुजरात टाइटन्ससँग ६ विकेट, राजस्थान रोयल्ससँग ५७ र मुम्बई इन्डियन्ससँग ६ विकेटले पराजित भएको थियो । दिल्लीले बिहीबार कोलकाता नाइट राइडर्ससँग खेल्नेछ ।

दिल्ली शीर्ष चारमा रहँदै प्लेअफ खेल्न अव कठिन भएको छ । बाँकी सबै खेलमा जितको दबाब हुनेछ । दिल्ली पाँच खेलमा अंक विहीन हुँदै पुछारमा छ। बेंगलोरले मुम्बईलाई ८ विकेटले हराएको थियो । बेंगलोर कोलकातासँग ८१ रन र लखनऊसँग एक विकेटले पराजित भएको थियो । बेंगलोरले सोमबार चेन्नई सुपर किंग्ससँग खेल्नेछ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.