3 years ago
April 15, 2023
एजेन्सी – लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २१ औं खेलमा पन्जाब किंग्सलाई १ सय ५९ रनको लक्ष्य दिएको छ । घरेलु मैदान एककानामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लखनऊले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५८ रन बनायो ।

लखनऊका ओपनर तथा कप्तान लोकेश राहुलले ५६ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ७४ रन बनाए । पन्जाबलाई ओपनर कायल मेयर्स र राहुलले ७.४ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । मेयर्स २३ बलमा १ चौका र ३ छक्कासहित २९ रनमा आउट भए ।
मेयर्स स्पिनर हरप्रीत ब्रारको बलमा ठूलो सट खेल्ने धुनमा डिप स्क्वायर लेगमा हरप्रीत सिंहबाट क्याच आउट भए । सिकन्दर राजाको बलमा दीपक हुडा दुई रनमा एलबीडब्लू आउट भए । बेंगलोरविरुद्ध १५ बलमै अर्धशतक हानेका निकोलस पुरन गोल्डेन डक आउट भए । रबाडाले पुरनलाई शाहरुख खानबाट क्याच गराएका थिए ।
क्रुनाल पान्ड्या १७ बलमा २ चौकासहित १८ रनमा रबाडाको बलमा आउट भए । मार्कस स्टोइनिस ११ बलमा २ छक्कासहित १५ रनमा विकेटकिपर जितेश शर्माबाट क्याच गराए । कप्तान साम करनले आफ्नो बलमा रिभ्यु लिँदै पेभेलिएन फर्काएका थिए ।
पन्जाबका कागिसो रबाडाले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । कप्तान साम करनले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । अर्शदीप सिंह, हरप्रीत ब्रार र सिकन्दर राजाले समान एक विकेट लिए । यस खेलमा पन्जाबको कप्तानी साम करनले गरेका छन् । शिखर धवन घाइते भएपछि साम करनले कप्तानी गरेका हुन् ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]