3 years ago
April 16, 2023
एजेन्सी – सिकन्दर राजा र कप्तान साम करनको उत्कृष्ट प्रदर्शनमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २१ औं खेलमा लखनऊ सुपर जायन्ट्सलाई दुई विकेटले पराजित गरेको छ । पन्जाब तेस्रो जितका साथ अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ ।

जितको लागि १ सय ६० रनको मध्यम विजयी लक्ष्य पन्जाबले १९.३ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । पन्जाबको जितमा सिकन्दर राजाले ४१ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५७ रनको योगदान दिए । आइपिएलमा पहिलो सिजन खेलेका उनी पहिलो पटक प्लेयर अफ द म्याच चुनिए ।
म्याथ्यु सर्टले २२ बलमा ५ चौका र १ छक्कासहित ३४ रनमा आउट भए । ओपनर अथर्भ टाडे शून्य, प्रभसिमरन सिंह ४, हरप्रीत सिंह भाटिया २२, कप्तान साम करन ६, जितेश शर्मा २ र हरप्रीत ब्रार ६ रनमा आउट भए ।
शाहरुख खान १० बलमा १ चौका र २ छक्कासहित २३ रनमा अविजित रहँदै जित पक्का गराए । युधविर सिंह चरक, मार्क वुड र रवि विश्रोईले समान दुई विकेट लिए । कृष्णाप्पा गोथम र क्रुनाल पान्ड्याले एक एक विकेट लिए ।
त्यसअघि घरेलु मैदान एककानामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लखनऊले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो ।

लखनऊका ओपनर तथा कप्तान लोकेश राहुलले ५६ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ७४ रन बनाएपनि टोलीले जित हात पार्न सकेन । राहुल केहि सुस्त गतिमा खेलेका थिए । ओपनर कायल मेयर्स र राहुलले ७.४ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो लखनऊलाई राम्रो सुरुवात दिलाएका थिए । मेयर्स २३ बलमा १ चौका र ३ छक्कासहित २९ रनमा आउट भए ।
मेयर्स स्पिनर हरप्रीत ब्रारको बलमा ठूलो सट खेल्ने धुनमा डिप स्क्वायर लेगमा हरप्रीत सिंहबाट क्याच आउट हुन पुगेका थिए । सिकन्दर राजाको बलमा दीपक हुडा दुई रनमा एलबीडब्लू आउट भए । बेंगलोरविरुद्ध १५ बलमै अर्धशतक हानेका निकोलस पुरन गोल्डेन डक आउट भएका थिए । रबाडाले पुरनलाई शाहरुख खानबाट क्याच गराएका थिए ।
क्रुनाल पान्ड्या १७ बलमा २ चौकासहित १८ रनमा रबाडाको बलमा आउट भए । मार्कस स्टोइनिस ११ बलमा २ छक्कासहित १५ रनमा विकेटकिपर जितेश शर्माबाट क्याच गराए । कप्तान साम करनले आफ्नो बलमा रिभ्यु लिँदै पेभेलिएन फर्काएका थिए ।
पन्जाबका कागिसो रबाडाले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । कप्तान साम करनले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । अर्शदीप सिंह, हरप्रीत ब्रार र सिकन्दर राजाले समान एक विकेट लिए ।
यस खेलमा पन्जाबको कप्तानी साम करनले गरेका थिए । शिखर धवन घाइते भएपछि साम करनले कप्तानीमा डेब्यू खेलमा पन्जाबले जितेको हो । लखनऊ ५ खेलमा ३ मा जित र २ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । राजस्थान ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ शीर्ष स्थानमा छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]