3 years ago
April 16, 2023
एजेन्सी – मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २२ औं खेलमा कोलकाता नाइट राइडर्सलाई ५ विकेटले पराजित गरेको छ । आइपिएल इतिहासकै सर्वाधिक सफल कप्तान रोहित शर्माको स्थानमा मुम्बईले सूर्यकुमार यादवलाई आजको खेलमा कप्तानी दिएको थियो ।

जितको लागि १ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईको जितमा युवा ओपनर ईशान किशनले २५ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ५८ रनको योगदान दिए । कप्तान सूर्यकुमार यादव २५ बलमा ४ चौका र ३ छक्कासहित ४३ रनमा आउट भए ।
सूर्यले आइपिएलमा पहिलो पटक कप्तानी गरेका हुन् । रोहितको पेटमा समस्याको कारण आजको खेलमा कप्तानी गरेका थिएनन् । दोस्रो इनिङमा रोहित इम्प्याक्ट प्लेयरको रुपमा ब्याटिङ गरेका थिए ।
रोहितले १३ बलमा १ चौका र २ छक्कासहित २० रनमा आउट भए । तिलक बर्मा २५ बलमा ३ चौका र १ छक्कासहित ३० रनमा आउट भए । टिम डेविड १३ बलमा १ चौका र २ छक्कासहित २४ रनमा अविजित रहे ।

कोलकाताका युवा स्पिनर सुयश शर्माले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । लोकी फर्गुसन, शार्दुल ठाकुर र वरुण चक्रवर्तीले समान एक विकेट लिए ।
त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो ।
कोलकाताका युवा खेलाडी वेंकटेश ऐरले ५१ बलमा ६ चौका र ९ छक्कासहित १ सय ४ रनको सानदार शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । उनले ४९ बलमा आफ्नो आइपिएल करिअरको पहिलो शतक हानेका थिए ।

ओपनर रहमानउल्लाह गुरबाज ८ र नारायण जगदीशन डक आउट भएका थिए । दोस्रो ओभरको पाँचौं बलमा क्यामरन ग्रीनले जगदीशनलाई शोकीनबाट क्याच गराएका थिए । छैटौं ओभरको तेस्रो बलमा स्पिनर पियुष चवालाले गुरबाजलाई डुवान यानसनबाट क्याच गराए ।
ऋथिक शोकीनले कप्तान नितिश राणालाई ५ रनमा वैकल्पिक फिल्डर रमनदीप सिंहबाट क्याच आउट भएका थिए । शार्दुल ठाकुर ११ बलमा १ चौकासहित १३ रनमा आउट भए । रिंकु सिंह १८ बलमा २ चौकासहित १८ रनमा आउट भए । आन्द्रे रसेल ११ बलमा ३ चौका र १ छक्कासहित २१ रनमा अविजित रहे ।
मुम्बईका पियुष चवालाले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिए । ऋथिक सोकिनले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । डेब्यू खेल खेलेका अर्जुन तेन्दुलकरले २ ओभरमा १७ रन खर्चिदा विकेट लिन सकेनन् । त्यस्तै डेब्यू खेल खेलेका डुवान यानसनले ४ ओभरमा ५३ रन खर्चेर १ विकेट लिए ।

राइली मेरीडिथ र क्यामरन ग्रीनले समान एक विकेट लिए । मुम्बईको यस खेलमा सूर्यकुमार यादवले कप्तानी गरेका थिए ।मुम्बई पहिलो खेलमा बेंगलोरसँग ८ विकेट र चेन्नई सुपर किंग्ससँग ७ विकेटले पराजित भएको थियो । मुम्बईले दिल्लीलाई ६ विकेटले हराएको थियो । मुम्बईले अव बिहीबार हैदराबादसँग खेल्नेछ ।
उता कोलकाता पहिलो खेलमा पन्जाबसँग ७ रनले पराजित हुँदा बेंगलोरलाई ८१ रन र गुजरात टाइटन्सलाई तीन विकेटले हराएको थियो । हैदराबादसँग २३ रनले पराजित भएको थियो । कोलकाताले विहीबार दिल्लीसँग खेल्नेछ । आजको अर्को खेलमा गुजरात र राजस्थानबीच प्रतिस्पर्धा हुनेछ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]