default_image

3 years ago

April 20, 2023

डु प्लेसिसको उत्कृष्ट ब्यााटिङमा बेंगलोरको प्रतिस्पर्धात्मक योगफल

134 views

0 Bookmark

एजेन्सी – फाफ डु प्लेसिसको उत्कृष्ट ब्याटिङमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २७ औं खेलमा पन्जाब किंग्सलाई १ सय ७५ रनको प्रतिसपर्धात्मक लक्ष्य दिएको छ ।

मोहालीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७४ रन बनायो । बेंगलोरका फाफ डु प्लेसिसले ५६ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ८४ रनको योगदान दिए । कप्तान विराट कोहली ४७ बलमा ५ चौका र १ छक्कासहित ५९ रनमा आउट भए ।

पहिलो विकेटका लागि कोहली र डु प्लेसिसले १६.१ ओभरमा १ सय ३७ रनको साझेदारी गरेका थिए । तर विराट कोहली आउटपछि लगातार विकेट गुमाएपछि विशाल योगफल बनाउनबाट चुकेको थियो । ग्लेन म्याक्सेल डक, दीनेश कार्तिक र महिपाल लोमरोरले समान ७ रन बनाए । शहबाज अहमद ५ रनमा अविजित रहे ।

पन्जाबका हरप्रीत ब्रारले ३ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । अर्शदीप सिंह र नाथन एलिसले समान एक विकेट लिए । फाफ डु प्लेसिस फिल्डिङ भने गर्नेछैनन् । उनी पूर्ण रुपमा फिट नहुँदा इम्प्याक्ट प्लेयरको रुपमा खेल्नेछन् । फिल्डिङमा डु प्लेसिसको स्थानमा तीव्र गतिका बलर विजयकुमार वैश्यकको स्थान लिनेछन् । त्यसैको कारण आजको खेलमा विराट कोहलीले कप्तानी गरेका छन् ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.