default_image

1 year ago

April 22, 2023

अर्शदीपको घातक बलिङमा पन्जाबले मुम्बईलाई हरायो

148 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर अर्शदीप सिंहको घातक बलिङमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ३१ औं खेलमा मुम्बई इन्डियन्सलाई १३ रनले हराएको छ ।

जितको लागि २ सय १५ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १ रन बनायो । मुम्बईका युवा अलराउन्डर क्यामरन ग्रीनले ४३ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६७ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन् ।

सूर्यकुमार यादव २६ बलमा ७ चौका र ३ छक्कासहित ५७ रनमा आउट भए । मुम्बईलाई जितको लागि अन्तिम ६ बलमा १६ रन चाहिँएको थियो । तीव्र गतिका बलर अर्शदीप सिंहले अन्तिम ओभरमा दुई रन खर्चेर २ विकेट लिएपछि पन्जाब विजयी भएको हो । अर्शदीपको पहिलो बलमा टिम डेविडले एक रन बटुले ।

दोस्रो बल तिलक बर्मालाई डट राखे । तेस्रो बलमा बर्मा बोल्ड आउट भए । अर्शदीको लेन्थ बलमा मिडल स्टम्पनै भाँचिन पुगेको थियो । लगत्तै अर्को बलमा नेहाल वधेरा पनि बोल्ड आउट भए । उनी अर्शदीपको स्वलो बल चाल पाउन नसक्दा बोल्ड भएका थिए । पुन मिडल स्टम्प उडेको थियो ।

२ बलमा १५ रन चाहिँदा पन्जाबको जित अनौपचारिकता बाँकी थियो । पाँचौं बल जोफ्रा आर्चरलाई डट राखे । अन्तिम बलमा एक रनका साथ जित पक्का गराए । टिम डेविड १३ बलमा २ छक्कासहित २५ रनमा नटआउट रहे ।

मुम्बईका ओपनर ईशान किशन तीव्र गतिका बलर अर्शदीपको दोस्रो ओभरको पहिलो बलमै एक रनमा म्याथ्यु शर्टबाट क्याच आउट भएका थिए । दोस्रो विकेटका लागि कप्तान रोहित शर्मा र क्यामरन ग्रीनले ७६ रनको साझेदारी गरेका थिए । रोहित २७ बलमा ४ चौका र ३ छक्कासहित ४४ रनमा आउट भए ।

उनी स्पिनर लियाम लिभिङस्टोनको बलमा कट एड बोल्ड आउट भएका थिए । तेस्रो विकेटका लागि सुर्यकुमार यादब र क्यामरन ग्रीनले ३६ बलमा ७५ रनको साझेदारी गर्दै जितको सम्भावना कायमै गरेका थिए ।

टिममा केहि समय छलफलपछि अर्शदीपको १८ औं ओभरको चौथो बलमा सूर्य मिडविकेटमा क्याच आउट भए । सूर्यको विकेटसँगै जितको सम्भावना कठिन बनेको थियो ।

पन्जाबका तीव्र गतिका बलर अर्शदीप सिंहले ४ ओभरमा २९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । नाथन एलिस र लियाम लिभिङस्टोनले समान एक विकेट लिए ।

त्यसअघि मुम्बईको घरेलु मैदान वानखडे रंगाशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय १४ रन बनाएको थियो । पन्जाबका कार्यवाहक कप्तान साम करनले २९ बलमा ५ चौका र ४ छक्कासहित ५५ रनको योगदान दिए ।

तीव्र गतिका बलिङ अलराउन्डर साम करनको उत्कृष्ट ब्याटिङको सहयोगमा धरमराएको पन्जाबले विशाल योगफल बनाएको हो । उनी तीव्र गतिका बलर जोफ्रा आर्चरको १९ औं ओभरको अन्तिम बलमा कट एण्ड बोल्ड आउट भएका थिए ।

वानखडेको ब्याटिङ सहयोगी पिचमा पन्जाबले सुरुवात भने औसत गरेको थियो । ओपनर म्याथ्यु शर्टलाई ११ रनमा गुमाएको थियो । उनले १० बलमा २ चौका प्रहार गरेका थिए । अर्का ओपनर प्रभसिमरन सिंह १७ बलमा १ चौका र २ छक्कासहित २६ रन बनाउँदै आउट भए । उनी अर्जुन तेन्दुलकरको बलमा एलबीडब्लू आउट भएका थिए ।

प्रमुख ब्याटर लियाम लिभिङस्टोन १२ बलमा १ छक्कासहित १० रनमा आउट भएका थिए । चोटको कारण यस सिजनमा दोस्रो खेल मात्रै खेलेका उनको पनि प्रदर्शन राम्रो हुन सकेन ।

लिभिङस्टोन स्पिनर पियुष चवालाको बलमा विकेटकिपर ईशान किशनबाट स्टम्पिङ आउट भएका थिए । अथर्व टैडे १७ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा पियुष चवालाको बलमा बोल्ड आउट भए ।

एक समय ८३-४ को अवस्थामा पुगेको पन्जाबलाई साम करन र हरप्रीत सिंह भाटियाले पाँचौं विकेटका लागि ५० बलमा ९२ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए ।

हरप्रीत सिंह भाटिया २८ बलमा ४ चौका र २ छक्कासहित ४१ रनमा क्यामरन ग्रीनको बलमा बोल्ड आउट भए । युवा विकेटकिपर जितेश शर्माले ७ बलमा ४ छक्कासहित २५ रनको विष्फोटक इनिङ खेल्दै उत्कृष्ट अन्त्य गरेका थिए ।

मुम्बईका पियुष चवालाले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । क्यामरन ग्रीनले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । अर्जुन तेन्दुलकर, जेसन बेहरेनडोर्फ र जोफ्रा आर्चरले समान एक विकेट लिए। मुम्बईले अब गुजरात टाइटन्ससँग मंगलबार नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा खेल्नेछ । पन्जाबले शुक्रबार मोहालीमा लखनऊसँग खेल्नेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.