3 years ago
April 23, 2023
एजेन्सी – पन्जाब किंग्सका तीव्र गतिका बलर अर्शदीप सिंहले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ३१ औं खेलमा मुम्बई इन्डियन्सविरुद्ध दुई स्टम्प भाँचिदिएपछि भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) लाई ७७ लाख नेपाली रुपैयाँ घाटा लागेको छ ।

मुम्बईलाई जितको लागि अन्तिम बलमा १६ रन चाहिँएको थियो । जसक्रममा तीव्र गतिका बलर अर्शदीप सिंहले पहिलो बल टिम डेविडलाई एक रन दिएका थिए । दोस्रो बलमा तिलक बर्मालाई डट राखेका थिए ।
अर्शदीपको तेस्रो फुल लेन्थको बलमा तिलक बर्मा बोल्ड आउट भएका थिए । अर्शदीपले बलमा बोल्ड हुनेक्रममा बीचको स्टम्प भाँचिएको थियो । लगत्तै अर्को बलमा नेहाल वधेरा पनि बोल्ड भए । त्यो बलमा पनि बीचको स्टम्प भाँचिएको थियो । जसक्रममा दुई स्टम्प भाँचिएको थियो ।
त्यसैको कारण बिसिसिआईलाई ७७ लाख नेपाली रुपैयाँ घाटा लाग्ने भएको छ । उक्त एक स्टम्पको मूल्य २४ लाख भारु पर्छ । दुई स्टम्प भाँचिदा ४८ लाख भारु (अर्थात झन्डै ७७ लाख नेपाली) रुपैयाँ) बिसिसिआईलाई घाटा लाग्ने भएको हो ।

उक्त स्टम्प बिसिसीआईले जिंग क्रिकेट विकेट स्ट्रम एलइडी कम्पनीबाट लिने गर्दछ । एलइडी स्टम्प क्रिकेटमा २०१२ देखि सुरु भएको हो । सबैभन्दा पहिला अष्ट्रेलिया बिग ब्यास लिग उक्त स्टम्प प्रयोग भएको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले २०१४ को यू१९ विश्वकपमा पहिलो पटक प्रयोग गरेको थियो । आइपिएलमा भने २०१६ देखि प्रयोग गर्न थालिएको थियो ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]