default_image

3 years ago

April 23, 2023

कप्तान कोहली रोयल डक आउट

212 views

0 Bookmark

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान विराट कोहली इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ३२ औं खेलमा राजस्थान रोयल्सविरुद्ध रोयल डक आउट भएका छन् ।

घरेलु मैदान चिन्नास्वामी रंगाशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बेंगलोरले ३ ओभरमा २ विकेट गुमाउँदै २२ रन बनाएको छ । फाफ डु प्लेसिस र ग्लेन म्याक्सवेल समान १० रनमा क्रिजमा छन् ।

राजस्थानका तीव्र गतिका बलर ट्रेन्ट बोल्टको इनिङको पहिलो बलमै विराट कोहली शून्यमा एलबीडब्लू आउट भए । आजको खेलमा पनि कोहलीले बेंगलोरको कप्तानी गरेका छन् । फाफ डु प्लेसिस पूर्ण रुपमा फिट नहुँदा उनी ब्याटिङ मात्रै गर्नेछन् ।

बेंगलोरले आजको खेलमा वायन पार्नेलको स्थानमा डेविड विल्लीलाई मौका दिएको छ । बेंगलोर ६ खेलमा ३ मा जित र ३ मा हारसहित ६ अंकका साथ छैटौं स्थानमा छ ।

बेंगलोर मुम्बई इन्डियन्सलाई ८ विकेट, दिल्ली क्यापिटल्सलाई २३ रन र पन्जाब किसलाई २४ रनले हराएको थियो । कोलकाता नाइट राइडर्ससँग ८१, लखनऊ सुपर जायन्ट्ससँग १ विकेट र चेन्नई सुपर किंग्ससँग ८ रनले पराजित भएको थियो ।

बेंगलोरको प्लेइङ ११ :

विराट कोहली (कप्तान), फाफ डु प्लेसिस (इम्प्याक्ट), महिपाल लोमरोर, ग्लेन म्याक्सवेल, शहबाज अहमद, दीनेश कार्तिक, वानिन्दु हसरंगा, सूयश प्रभूदेशाई, विजयकुमार वैश्यक, वायन पार्नेल र मोहम्मद शिराज ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.