3 years ago
May 2, 2023
काठमाडौं(हाम्रो खेलकुद) – एसियन क्रिकेट काउन्सिल (एसिसी) का अध्यक्ष जय शाहले प्रिमियर कप विजेता नेपाललाई बधाई दिएका छन् । जय शाहले सामाजिक सञ्जाल मार्फत नेपाली क्रिकेट टोलीलाई बधाई दिएका हुन् ।

‘एसिसी प्रिमियर कप नेपाली क्रिकेटले जितेको छ । धेरै कडा प्रतिस्पर्धापछि एसिया कप २०२३ मा स्थान बनाए । उत्कृष्ट प्रदर्शन गर्ने सबैलाई बधाई छ’, जय शाहले सामाजिक सञ्जालमा भनेका छन् ।
पछिल्लो समय एसिया कप पाकिस्तानमा हुने वा नहुने अन्यौल छ । भारतले पाकिस्तानमा गएर नखेल्ने जनाउँदै आएकोछ । यदि भारत पाकिस्तान नगए आफूहरु पनि विश्वकप खेल्न भारत नजाने बताउँदै आएको छ ।
एसिया कप नभएर भारतले पाँच देशको सिरिज खेलाउन सक्ने चर्चा चल्दै आएको छ । तर जय शाहको उक्त बधाईले भने एसिया कप हुने सम्भावना देखिन्छ । जय शाह भारतीय क्रिकेट बोर्डका मानर्थ सचिव समेत हुन् ।
एसिया कप २०२३ आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ । नेपाल, भारत र पाकिस्तान एकै समूह ए मा छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । हरेक समूहको शीर्ष दुई टोलीले सुपर फोरमा स्थान बनाउनेछन् ।
सुपर फोरबाट शीर्ष दुई टोली फाइनल खेल्नेछन् । एसिया कप एकदिवसीय विश्वकप अघि एसियाका टोलीलाई तयारीको रुपमा एसिसीले आयोजना गर्ने गर्दछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]