default_image

3 years ago

May 29, 2023

नेपालले आज मलेसियासँग खेल्दै

259 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो महिला टि२० आई खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ८ः ४५ मा मलेसियाको बांगीमा सुरु हुनेछ । पाँच महिला टि२० आई खेलको सिरिजमा नेपाल घरेलु टोली मलेसियाविरुद्ध सानदार प्रदर्शनका साथ विजयी सुरुवात गर्ने सोचमा हुनेछ ।

नेपालको कप्तानी रुविना क्षेत्री बेलबासे र विनीफ्रेन्ड डुरैसिंगमले गर्नेछिन् । रुविना र सीता नेपालका प्रमुख हतियार हुन् । यी दुई अलराउन्डरको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । अघिल्लो महिना फेयर ब्रेक क्रिकेट प्रतियोगितामा सानदार प्रदर्शन गरेकी रुविनाबाट नेपाल नेपाली टोलीमा पनि त्यस्तै प्रदर्शन चाहन्छ ।

सीताले घरेलु क्रिकेट र सिनियर टोली दुबैबाट उच्च प्रदर्शन गर्दै आएकी छिन् । तीव्र गतिकी बलर अश्मिना कर्माचार्य र कविता कुँवर नेपालका प्रमुख बलिङ हतियार हुन् । यी दुई युवा खेलाडीको गति खेल्न मलेसिया ब्याटरलाई सहज हुनेछैन ।

नेपालको टोलीमा तीन युवा खेलाडी सम्झना खड्का, कृतिका मरासिनी र ईश्वरी विष्ट पहिलो पटक परेका छन् । युवा ब्याटर सम्झना खड्का र स्पिनर कृतिकाले नेपाली टोलीमा डेब्यू गर्ने सम्भावना छ । सम्झनाले मध्यक्रममा ब्याटिङ गर्न सक्छिन् । घरेलु क्रिकेटमा पछिल्लो समय लगातार राम्रो प्रदर्शन गर्दै आएकी छिन् । कृतिका स्पिनर हुन् । इन्दु बर्माबाट नेपाल उत्कृष्ट ब्याटिङ चाहन्छ ।

मलेसियाले पछिल्लो समय लगातार अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएको छ । नेपाल भने एक वर्षपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दैछ । मलेसिया कप्तान विनीफ्रेन्डले राम्रो प्रदर्शन गर्दै आएकी छिन् । मध्यक्रममा मास एलियास, एलिसा हन्टर र वान जुलिया हुनेछन् । तीव्र गतिकी बलर अनिना हामिजा हासिम मलेसिया प्रमुख बलर हुन् ।

दुई साताअघि म्यानमारलाई २४ रनमा अल आउट गर्न उनले पाँच विकेट लिएकी थिइन् । नेपालले पछिल्लो पटक अन्तर्राष्ट्रिय क्रिकेट २०२२ जुनमा मलेसियामा नै एसिसी वुमन्स टि२० च्याम्पियनसिप खेलेको थियो । त्यसपछि नेपालले कुनैपनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन । त्यसैले नेपाललाई पहिलो खेलमा टिम मिलाउननै कठिन पर्नसक्छ ।

हेड टु हेड :

नेपाल र मलेसियाबीच तीन महिला टि२० आई खेल भएको छ । जसमा सबै खेल नेपालले जितेको छ ।

नेपालले मलेसियासँग जेठ १६ (मे३०) मा दोस्रो खेल खेल्नेछ । जेठ १८ मा (जुन १) मा नेपालले तेस्रो खेल खेल्नेछ । जेठ २० र २१ (जुन ३ र ४) मा नेपालले चौथो र पाँचौं खेल खेल्नेछ ।

नेपालको टोली :

रुविना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुवँर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, ज्याति पाण्डे र सरस्वती चौधरी ।
मुख्य प्रशिक्षक: स्यामसन जंग थापा

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.