2 years ago
June 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दोस्रो अभ्यास खेलमा नेदरल्यान्ड्सविरुद्ध खराब सुरुवात गरेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४ ओभरमा ३ विकेट गुमाउँदै २० रन बनाएको छ । नेपालका दीपेन्द्रसिंह ऐरी ५ बलमा २ र रोहित पौडेल शून्यमा क्रिजमा छन् ।

नेपालले पहिलो ओभरको पाँचौं बलमा ओपनर आसिफ शेखलाई ४ रनमा गुमाएको थियो । तीव्र गतिका बलर लोगन भान बिकको बलमा आसिफ विकेटकिपर क्रोशबाट क्याच आउट भए । नेपालले दोस्रो विकेट तेस्रो ओभरमा गुमाएको थियो ।
बीककै बलमा अर्जुन साउद ४ रनमा क्याच आउट भए । अर्जुनले ४ बलमा १ चौका प्रहार गरे । कुशल भुर्तेल रायन क्लेनको चौथो ओभरको चौथो बलमा १० रनमा एलबीडब्लू आउट भए । उनले १० बलमा २ चौका प्रहार गरे । काउन्टीको कारण आफ्ना प्रमुख बलरविना विश्वकप छनोट खेल्न लागेको नेदरल्यान्ड्सविरुद्ध नेपालले सुरुवात भने खराब गरेको छ ।
नेदरल्यान्ड्सको पहिलो रोजाईको तीव्र गतिको बलिङ आक्रामण विश्वकप छनोटमा हुनेछैन । तीव्र गतिका बलरमा पल भान माक्रेन, ब्रेन्डन ग्लोभर, फर्द क्लासेन, टिम भान डर गुर्टेन, शेन स्नेटर र रोलेफ भान मर्वे टोलीमा छैनन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]