default_image

2 years ago

June 18, 2023

गजानन्दको शतकको बाबजुद अमेरिका वेस्टइन्डिजसँग पराजित

220 views

0 Bookmark

एजेन्सी – मध्यक्रमका ब्याटर गजानन्द सिंहको शतकका बाबजुद अमेरिका आइसिसी एकदिवसीय विश्वकप छनोट २०२३ को दोस्रो खेलमा वेस्टइन्डिजसँग ३९ रनले पराजित भएको छ । जितको लागि २ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५८ रन बनाउन सक्यो ।

अमेरिकाका गजानन्द सिंह १ सय ९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक १ सय १ रनमा नट आउट रहे । उनको करिअरको पहिलो शतक हो । नोष्तुश केन्जिगे ३२ बलमा २ चौका र १ छक्कासहित ३४ रनमा नट आउट रहे ।

शयान जहानजिंगर ४९ बलमा ३ चौका र १ छक्कासहित ३९, स्टिभ टेलर १८, सुशान्त मोदानी १४, मोनांक पटेल ६ र आरोन जोन्स २३ रनमा आउट भए । एक समय ५५-४ को अवस्थाबाट अमेरिकाले राम्रो पूनरागमन गरेको थियो । वेस्टइन्डिजका कायल मेयर्स र अल्जारी जोशेफले समान दुई विकेट लिए । रोश्टन चेश र जेसन होल्डरले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज ४९.३ ओभरमा २ सय ९७ रनमा अल आउट भयो । जोनसन चाल्र्सले ८० बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ६६ रन बनाए । शाई होप ६० बलमा ६ चौका र १ छक्कासहित ५४, कायल मेयर्स २, ब्रेन्डन किंग र रोभम्यान पावेल डक आउट भए ।

जेसन होल्डरले ४० बलमा २ चौका र ३ छक्कासहित ५६ तथा निकोलस पुरनले २८ बलमा २ चौका र ३ छक्कासहित ४३ रन बनाए । रोश्टन चेशले ५५ बलमा ४ चौका र १ छक्कासहित ५५ रनमा आउट भए ।

अमेरिकाका तीव्र गतिका बलर सौरभ नेत्रवालकरले १० ओभरमा १ मेडनसहित ५३ रन खर्चेर ३ विकेट लिए । कायल फिलिप्सले ९.३ ओभरमा १ मेडनसहित ५६ रन खर्चेर ३ विकेट लिए । स्टिभ टेलर ८ ओभरमा ५३ रन खर्चेर ३ विकेट लिए ।

अमेरिकाले मंगलबार नेपालसँग खेल्नेछ । वेस्टइन्डिजले बिहीबार नेपालसँग नै खेल्नेछ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.