default_image

8 months ago

June 20, 2023

आसिफले जीवनदानको फाइदा उठाउन सकेनन्

काठमाडौ (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका ओपनर आसिफ शेख आइसिसी एकदिवसीय विश्वकप छनोटमा अमेरिकाविरुद्ध आउट भएका छन् । जितको लागि २ सय ८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ५ ओभरमा १ विकेट गुमाउँदै २५ रन बनाएको छ । तीव्र गतिका बलर सौरभ नेत्रवालरको पाँचौं ओभरको अन्तिम बलमा आसिफ एलबीडब्लू आउट भए । आसिफले […]

105 views

0 Bookmark

काठमाडौ (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका ओपनर आसिफ शेख आइसिसी एकदिवसीय विश्वकप छनोटमा अमेरिकाविरुद्ध आउट भएका छन् । जितको लागि २ सय ८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ५ ओभरमा १ विकेट गुमाउँदै २५ रन बनाएको छ ।

तीव्र गतिका बलर सौरभ नेत्रवालरको पाँचौं ओभरको अन्तिम बलमा आसिफ एलबीडब्लू आउट भए । आसिफले १६ बलमा २ चौकासहित १२ रन बनाए । आसिफले चौथो ओभरको दोस्रो बलमा जीवनदान पाएका थिए।

तीव्र गतिका बलर कायल फिलिपको चौथो ओभरको दोस्रो बलमा आसिफको क्याच ब्यक्तिगत ६ रनमा फाइन लेगमा निसर्ग पटेलले क्याच छाड्न पुगेका थिए । कुशल भुर्तेलले जिम्बावेविरुद्ध पहिलो खेलमा एक रनमा जीवनदान पाएका थिए । उक्त जीवनदानको भरपूर्ण फाइदा उठाउँदै ९९ रन बनाएका थिए । क्रिजमा कुशल भुर्तेल ११ र भीम सार्की शून्यमा छन् ।

त्यसअघि ताकशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका ४९ ओभरमा २ सय ७ रनमा अल आउट भएको थियो । अमेरिकाका शायन जाहांगिरले ७९ बलमा १० चौका र ३ छक्कासहित १ सय रनमा नट आउट रहे ।

उनको यो अन्तर्राष्ट्रिय करिअरको कुनैपनि खेलको पहिलो शतक हो । नेपालका करण केसीले ९ ओभरमा ३ मेडनसहित ३३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।

February 25, 2024

नेपालको औसत सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स विरुद्ध जारी अन्तिम खेलमा नेपालले औसत सुरुवात गरेको छ । नेपालले १३ ओभरमा ३ विकेट गुमाएर ५४ रन जोडेको छ । क्रिजमा कुशल भुर्तेल २५ रन जोडेर खेलिरेहका छन् । राम्रो सुरुवात पाएको नेपालले ५ ओभरको अन्तरमा ओपनर आसिफ शेख, अनिल शाह र कुशल मल्लको […]

February 25, 2024

नेपालले टस हार्यो, टोलीमा २ परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेको छ । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएसँगै नेपालले पहिलो ब्याटिङ गर्ने भएको हो । आज नेपाली टोलीमा दुई परिवर्तन भएको छ । देव खनाल र सोमपाल कामीले विश्राम पाउँदा गुलशन झा र […]

February 24, 2024

एक्सपर्ट भरतपुर मेयर्स कप- अर्किड समूह विजेता

चितवन (हाम्रो खेलकुद)– एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको लिगमा चरणमा लगातार जितसंगै अर्किड सेकेण्डरी स्कुल सेमिफाइनल प्रवेश गरेको छ । लक्ष्मी माविले सान्त्वना जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ । आफ्नो लिग चरणको अन्तिम खेलमा शनिबार इडेन गार्डेन स्कुललाई १ सय ८ रनले पराजित गर्दै समूह ‘बी’को विजेताको रुपमा सेमिफाइनल स्थान सुरक्षित […]

Success

Thank you for your time.