2 years ago
June 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यू-१६ इस्टर्न जोन कपमा बुधबार थाईल्यान्डलाई पराजित गरे सेमिफाइनल खेल्ने भएको छ । नेपाल र थाईल्यान्डको यू१६ टोलीबीच खेल बुधबार बिहान ७ : १५ मा सुरु हुनेछ ।

समूह ए मा नेपाल, थाईल्यान्ड र मलेसिया छन् । समूह बी मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनएसिया छन् । समूह ए को खेलमा मलेसियाले थाईल्यान्डलाई १ सय १८ रनले पराजित गरेको थियो ।
थाईल्यान्ड पहिलो खेलमै पराजित भएको हुँदा नेपाल पहिलो जित निकालेको खण्डमा सेमिफाइनलमा पुग्नेछ । नेपालले आफ्नो समूह चरणको अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ । सेमिफाइनल ३ जुलाई र फाइनल ४ जुलाईमा हुनेछ । नेपाल मलेसिया प्रस्थान गरि सकेको छ ।
नेपालको यू-१६ टोली :
दीप भुजेल, कार्तिक कामत, प्रतिक पोखरेल, निरज यादव, अभिषेक तिवारी (कप्तान), रोशन शाह, सुर्यांशु कोइराला, आषिश लुइटेल, सन्तोष यादव, सागर गैरे, प्रतिक भट्टाई, अशोक धामी, सचिन मल्ल र नरेन भट्ट ।
November 17, 2025
काकाठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन खेल जितेर काठमाडौं गोर्खाज पहिले बलिङ गर्ने भएको छ। टियु क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि जनकपुर पहिलो ब्याटिङमा उत्रने भएको छ। जनकपुर बोल्ट्स डिफेन्डिङ च्याम्पियन हो। काठमाडौंले भने गत संस्करण नेट रनरेटको आधारमा प्ले अफमा स्थान बनाउन […]
November 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उद्घाटनमा २ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीचको उद्घाटन खेल हुँदैछ। खेल दिउँसो ४ बजे सुरु हुनेछ। आज नेपाल प्रहरीका १ हजार ९ सय, सशस्त्र २ सय ५० र प्राइभेट स्क्युरिटी २ सय परिचालन गरिएको नेपाल क्रिकेट संघ […]
November 17, 2025
एजेन्सी – फखर जमन र मोहम्मद रिजवानले अर्धशतक बनाएपछि पाकिस्तानले श्रीलंकालाई तेस्रो तथा अन्तिम ओडिआईमा ६ विकेटले हराएको छ। घरेलु टोली पाकिस्तानले सिरिज ३-० ले सिरिज जितेको छ। श्रीलंकाले दिएको २ सय १२ रनको लक्ष्य पाकिस्तानले ४४.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। पाकिस्तानले खराब सुरुआत गर्यो। ओपनर हसीबुल्लाह खान शुन्य मै आउट भएपछि टोली […]