2 years ago
June 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको बलिङ सामु मलेसियामा जारी एसिसी यू–१६ इस्टर्न जोन कपमा थाईल्यान्डका ८ खेलाडी शून्यमा आउट भएका छन् । नेपालसँग २ सय २५ रनको फराकिलो अन्तरले पराजित हुनेक्रममा थाईल्यान्डका ९ खेलाडीले दोहोरो अंकमै रन बनाउन सकेनन् ।

जितको लागि २ सय ७० रनको विजयी लक्ष्य पछ्याएको थाईल्यान्ड १३.२ ओभरमा ४४ रनमा अल आउट भएको थियो । थाईल्यान्डका ८ खेलाडी शून्यमै आउट भएका थिए ।
थाईल्यान्डका ब्याटर डनुफोन फुआंयोटपिनिट १२, ईशान बानेर्जीले १६ र नतपाखान मनून ४ रनमा आउट भए । अन्य कुनैपनि ब्याटरले नेपालको बलिङ सामु खाता खोल्न सकेनन् । नेपालले १२ रन अतिरिक्त दिएको थियो । अर्थात थाईल्यान्डका ब्याटरले मात्रै ३२ रन जोडेका थिए ।
थाईल्यान्डका आशिर्वाद नारायण, जित सादा, फनुवत देसुङनोएन, रत्थसात वानिताखाम, सुथिमोन थङ्सोम, पियावत नोर्डी, चाणकर्ण बुवाजुन र सुफानत मुआंगसाई खाता नखोली आउट भएका थिए । थाईल्यान्डलाई ४४ रनमै अल आउट गर्न युवा स्पिनर सन्तोष यादवले घातक बलिङ गर्दै ह्याट्रिकसहित पाँच विकेट लिए ।

उनले १२ औं ओभरको अन्तिम बलमा सुथिमोन थाङसोमलाई एलबीडब्लू आउट, १४ औं ओभरको पहिलो बलमा प्रियावत नोर्दीलाई बोल्ड र दोस्रो बलमा सुफानत मुआंगसाईलाई एलबीडब्लू आउट गर्दै ह्याट्रिकसहित आफ्नो पाँच विकेट पूरा गरेका थिए । सन्तोषले ३.२ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ५ विकेट लिए । स्पिनर अशोक धामीले तीन र अभिषेक तिवारीले दुई विकेट लिए ।
त्यसअघि मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रन बनाएको थियो । नेपालको जितमा निरज कुमार यादवले ४३ बलमा ७ चौका र ६ छक्कासहित ७४ रनको इनिङ खेलेका थिए ।
समूह ए मा नेपाल, थाईल्यान्ड र मलेसिया छन् । समूह बी मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनएसिया छन् । समूह ए को पहिलो खेलमा मलेसियाले थाईल्यान्डलाई १ सय १८ रनले पराजित गरेको थियो । त्यसैले समूह ए बाट नेपाल र मलेसिया दुबै सेमिफाइनलमा पुगेका छन् । नेपालले मलेसियासँग शुक्रबार खेल्नेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]