default_image

2 years ago

June 30, 2023

अमेरिकामाथि आयरल्यान्डको सहज जित

206 views

0 Bookmark

एजेन्सी – आयरल्यान्डले आइसिसी विश्वकप छनोटको प्लेअफ खेलमा अमेरिकामाथि ६ विकेटको सहज जित हात पारेको छ । योसँगै आयरल्यान्डले सातौं स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।

जितको लागि १ सय ९७ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले ३४.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । आयरल्यान्डको जितमा ओपनर पल स्टरलिङले ४५ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ५८ रनको योगदान दिए । एन्डी बालबर्नी ५८ बलमा ५ चौकासहित ४५ रनमा नटआउट रहे ।

एन्डी म्याकबर्नी ३५, ह्यारी टेक्टर र लोर्कान टकर समान २५ रनमा आउट भए । अमेरिकाका स्पिनर नोश्तुश केन्जिगेले दुई विकेट लिए ।

त्यसअघि ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका ४२.४ ओभरमा १ सय ९६ रनमा अल आउट भएको थियो । अमेरिका साइतेजा मुकामल्ला र सुशान्त मोदानीले समान ५५ रन बनाए । स्टिभ टेलर २३ र उस्मान रफिकले २८ रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

आयरल्यान्डका क्रेग योंगले ७ ओभरमा १ मेडनसहित ३५ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । मार्क आदिर र ब्यारी म्याकार्थीले समान दुई विकेट लिए ।

आयरल्यान्डले अव सातौं स्थानको लाग युएई र नेपालबीचको खेलको विजेतासँग ४ जुलाईमा खेल्नेछ । नेपाल र युएईबीचको खेलमा पराजित हुने टोलीले नवौं स्थानको लागि ६ जुलाईमा अमेरिकासँग खेल्नेछ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.