2 years ago
July 1, 2023
एजेन्सी – पाकिस्तानका सुपरस्टार तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले इंग्ल्यान्डको चर्चित घरेलु क्रिकेट प्रतियोगिता टि२० ब्लास्टमा एकै ओभरमा चार विकेट लिएका छन् ।

नटिङ्घमशायरबाट अफ्रिदीले बर्मिंघम बेयर्सविरुद्ध एकै ओभरमा चार विकेट लिएपनि टोली भने दुई विकेटले पराजित हुन पुगेको छ । जितको लागि १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको बर्मिंघमविरुद्ध अफ्रिदीले पहिलो ओभरमै चार विकेट लिँदै ७–४ को दयनीय अवस्थामा पुर्याएका थिए ।
पहिलो बलमै वाइडको रुपमा उनले पाँच रन खर्चिन पुगेका थिए । तर त्यसपछिको पहिलो बलमा उनले एलेक्स डेभिसलाई शून्यमा एलबीडब्लू आउट गरे । इनस्वींग योर्कर बलमा उनी एलबीडब्लू आउट भएका थिए ।
लगत्तै दोस्रो बलमा उनले क्रिस बेन्चामेनलाई शून्यमा बोल्ड गरे । तेस्रो र चौथो बलमा उनले समान एक रन खर्चिए । पाँचौं बलमा उनले ड्यान मोस्लीलाई क्याच आउट गराए । अन्तिम बलमा उनले इड बर्नार्डलाई बोल्ड गरेपछि ७–४ को दयनीय अवस्थामा पुर्याएका थिए ।
तर पाँचौं विकेटका लागि ग्लेन म्याक्सवेल र रोब यट्सले ४२ रशनको साझेदारी गरे । छैटौं विकेटका लागि रोय यट्सले याकुब बेथेलसँग मिलेर ६९ रनको साझेदारी गरेपछि उक्त लक्ष्य १९.१ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो ।
बर्मिंघमको जितमा रोब यट्सले ४६ बलमा ३ चौका र ५ छक्कासहित ६५ रनको योगदान दिए । ग्लेन म्याक्सवेल १९, ज्याकोब र जेक लिन्टोट समान २७ रनमा आउट भए । शाहिन शाह अफ्रिदीले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । ज्याक बेलले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए ।
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]
November 13, 2025
भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]