2 years ago
July 1, 2023
एजेन्सी – आइसिसी विश्वकप छनोट २०२३ मा खराब प्रदर्शनसँगै चार पटकको विश्वकप विजेता वेस्टइन्डिज छनोटबाटै बाहिरिएको छ । सुपर सिक्समा आफ्नो पहिलो खेलमै स्कटल्यान्डसँग ७ विकेटले पराजित भएसँगै समान दुई पटक एकदिवसीय र टि२० विश्वकप विजेता वेस्टइन्डिज आगमी भारतमा हुने एकदिवसीय विश्वकपको लागि छनोट हुन नसक्ने भएको छ ।

वेस्टइन्डिज इतिहासमै पहिलो पटक विश्वकपमा पुग्न नसकेको हो । जितको लागि १ सय ८२ रनको मध्यम लक्ष्य स्कटल्यान्डले ४३.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । स्कटल्यान्डले वेस्टइन्डिजलाई ओडिआईमा पहिलो पटक हराएको हो ।
स्कटल्यान्डको जितमा विकेटकिपर म्याथ्यु क्रस १ सय ७ बलमा ७ चौकासहित ७४ रनमा नट आउट रहे । रिची बेरिंग्टन १४ बलमा २ चौकासहित १३ रनमा नटआउट रहे ।
ब्रेन्डन म्याकमुलेन १ सय ६ बलमा ८ चौका र १ छक्कासहित ६९ रनमा आउट भए । महत्वपूर्ण तीन विकेट लिँदै सानदार अलराउन्ड प्रदर्शन गरेका म्याकमुलेननै खेलको प्लेयर अफ द म्याच चुनिए ।
ओपनर क्रिस म्याक ब्राइड शून्यमै क्याच आउट भएका थिए । तर दोस्रो विकेटका लागि म्याकमुलेन र क्रसले १ सय २५ रनको शतकीय साझेदारी गरेपछि वेस्टइन्डिजको जितको सम्भावना समाप्त जस्तै भएको थियो । जर्ज मुन्शे ३३ बलमा १ चौकासहित १८ रनमा आउट भए ।
त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज ४३.५ ओभरमा १ सय ८१ रनमा अल आउट भएको थियो । वेस्टइन्डिजका जेसन होल्डरले ७९ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ४५ रनको योगदान दिए । रोमारियो शेफर्डले ४३ बलमा ५ चौकासहित ३६ रन बनाए । यी दुई बाहेक अन्य कुनैपनि ब्याटरको प्रदर्शन सम्झन लायक रहेन ।

एक समय ८१–६ को दयनीय अवस्थामा पुगेको वेस्टइन्डिजलाई सातौं विकेटका लागि जेसन होल्डर र रोमारियो शेफर्डले ७७ रनको साझेदारी गरेका थिए । स्कटल्यान्डको तीव्र गतिको बलिङ आक्रामण सामु वेस्टइन्डिजको शीर्ष र मध्यक्रम ब्याटिङ निरिह सावित भयो ।
तीव्र गतिका बलर ब्रेन्डन म्याकमुलेनले दोस्रो ओभरको अन्तिम बलमा जोनसन चाल्र्सलाई शून्यमा क्याच आउट गराए । चौथो ओभरको अन्तिम बलमा शमाह्र ब्रुक्स पनि ब्रेन्डनकै बलमा मार्क वाटबाट क्याच आउट भए । ब्रेन्डन म्याकमुलेनले ब्रन्डन किंगलाई कट एण्ड बोल्ड गरेपछि वेस्टइन्डिज ५.२ ओभरमा २५–३ को अवस्थामा थियो । ब्रेन्डन किंग २२ बलमा ५ चौकासहित २२ रनमा आउट भए ।
त्यसपछि क्रिस सोलले कायल मयर्सलाई ५ रनमा बोल्ड आउट गरे । त्यो समय वेस्टइन्डिज ६.५ ओभरमा ३०–४ को दयनीय अवस्थामा पुगेको थियो । शाई होप र निकोलस पुरनले पाँचौं विकेटका लागि ३० रनको साझेदारी गरेका थिए । होप शफ्यान शरिफको बलमा विकेटकिपर म्याथ्यु क्रसबाट १३ रनमा समातिन पुगे ।
मार्क वाटले पुरनलाई २१ रनमा पेभेलिएन फर्काएपछि वेस्टइन्डिजको जितको सम्भावना सकिएको थियो । पुरन आउट हुँदा वेस्टइन्डिज २०.४ ओभरमा ८१–६ को लज्जास्पद अवस्थामा थियो ।
स्कटल्यान्डका ब्रेन्डन म्याकमुलेनले ९ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । क्रिस सोलले ९ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । मार्क वाटले ७ ओभरमा १ मेडनसहित २५ रन खर्चेर २ विकेट लिए । क्रिस ग्रेभ्सले ७.५ ओभरमा ३० रन खर्चेर २ र शफ्यान शरिफले एक विकेट लिए ।
वेस्टइन्डिज समूह चरणबाट अंक विहीन हुँदै आएको थियो । अव बुधबार ओमान र शुक्रबार श्रीलंकासँग खेल्नेछ । यी दुबै टोलीलाई हराएपनि वेस्टइन्डिजको ४ अंक हुन्छ । उता जिम्बावे र श्रीलंका समान दुई खेल अगावै ६-६ अंकका साथ विश्वकप नजिक पुगेका छन् ।
स्कटल्यान्ड ३ खेलमा २ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ । स्कटल्यान्डले मंगलबार र जिम्बावे र बिहीबार नेदरल्यान्ड्ससँग खेल्नेछ । यी दुबै खेलमा विजयी भएमा विश्वकपको सम्भावना रहन्छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]