default_image

2 years ago

July 1, 2023

युएईविरुद्ध नेपालको सम्भावित प्लेइङ-११

309 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप छनोटको प्लेअफ खेलमा युएईसँग खेल्दैछ । खेल आइतबार दिउँसो १२ः ४५ मा जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।

समूह चरणबाटै बाहिएका यी दुई टोलीबीचको विजेताले सातौं स्थानको लागि आयरल्यान्डसँग खेल्न पाउनेछ । नेपालको लक्ष्य युएईलाई हराउँदै अन्तिम खेल आयरल्यान्डसँग खेल्ने हुन्छ । नेपाल विश्वकप दौडबाट बाहिरी सकेको छ । त्यसैले यो खेल नेपालको प्रतिष्ठाको लडाई मात्रै हुनेछ ।

नेपालले प्रतियोगितामा चार खेल खेल्दा एक परिवर्तन मात्रै गरेको छ । तीव्र गतिका बलर सोमपाल कामी पहिलो खेलमा जिम्बावेविरुद्ध घाइते भएपछि उनको स्थानमा ललितनारायण राजवंशीलाई मौका दिएको थियो । त्यसपछि अन्य कुनैपनि परिवर्तन गरेको छैन ।

यो खेल प्रतिष्ठाको लडाई हुँदा नेपालले दुई परिवर्तन गर्ने सम्भावना छ । नेपालले आरिफ शेखलाई विश्राम दिनसक्छ । नेपालले आरिफको स्थानमा विकेटकिपर अर्जुन साउदलाई मौका दिनसक्ने सम्भावना छ । अर्जुनले तल्लोक्रम वा शीर्षक्रम दुबैमा राम्रो ब्याटिङ गर्न सक्छन् । नेपालले ओपनरमा आसिफ शेख र कुशल भुर्तेललाई निरन्तरता दिनेछ ।

तर आसिफको किपिङ त्यति राम्रो हुन सकेको छैन । त्यसैले अर्जुनलाई हेर्न सक्छ । अर्जुनले किपिङमा लगातार राम्रो प्रभाव छाड्दै आएका छन् । त्यस्तै नेपालले कुशल मल्ललाई पनि विश्राम दिनसक्छ । कुशललाई विश्राम दिँदै नेपालले किशोर महतोलाई मौका दिनसक्ने सम्भावना रहन्छ ।

तीव्र गतिका बलर किशोरले डेथ ओभरमा राम्रो बलिङ गर्ने गर्दछन् । डेथ ओभर पछिल्लो समय नेपालको एउटा समस्याको रुपमा रहँदै आएको छ । त्यसैले नेपालले किशोरलाई उक्त भूमिकामा हेर्न सक्छ ।

खेल प्रतिष्ठाको लडाई मात्रै हुँदा नेपालले बेन्चमा रहेका खेलाडीलाई मौका दिनसक्छ । अर्कोतर्फ नेपालले दुई सातापछि श्रीलंकामा एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्दैछ । आफ्नो समूहमा भारत र पाकिस्तान ए जस्ता बलिया टोलीसँग खेल्नेछ । एसिसी इमर्जिङ टिम्स एसिया कप तयारीको लागि पनि किशोर र अर्जुनलाई मौका दिने सम्भावना छ ।

नेपालले अन्य परिवर्तन भने गर्ने सम्भावना छैन । ओपनरमा आसिफ र कुशल भुर्तेल हुनेछन् । यी दुई जोडीले पहिलो खेलमा जिम्बावेविरुद्ध १ सय ७१ रनको साझेदारी गरेपछि पुन राम्रो गर्न सकेका छैनन् । यी दुई ओपरनबाट राम्रो सुरुवात चाहन्छ ।

भीम सार्कीले यस प्रतियोगितामा अपेक्षा अनुसार राम्रो गर्न सकेका छैनन् । तेस्रो नम्बरमा नेपाल उनीबाट राम्रो प्रदर्शन चाहन्छ ।
चौथो नम्बरमा रोहित र पाँचौं नम्बरमा अर्जुन साउद हुनसक्छन् । कप्तान रोहित नेपालका प्रमुख ब्याटर हुन् । उनीबाट नेपाल उत्कृष्ट ब्याटिङ चाहन्छ । आरिफ नहुँदा नेपालले दीपेन्द्रसिंह ऐरीलाई छैटौं नम्बरमा खेलाउने सम्भावना छ ।

आरिफ नहुँदा टिमको इनिङ सम्हाल्ने दीपेन्द्रमाथि जिम्मेवारी बढी हुनेछ । अनुभवी खेलाडी हुँदा दीपेन्द्रले जिम्मेवारी पनि लिनुपर्ने हुन्छ । गुलशन झालाई सातौं नम्बरमा खेलाउने सम्भावना छ । गुलशन र दीपेन्द्रको भूमिका टोलीको प्रदर्शन र अवस्थामा निर्भर हुनेछ । गुलशनको युएईविरुद्ध राम्रो इतिहास छ । त्यसैले उनको मनोबल उच्च पनि हुनेछ । आठौं नम्बरमा करण केसी, नवौं नम्बरमा सन्दीप, दशौं नम्बरमा किशोर महतो र ११ औं नम्बरमा ललित हुनेछन् ।

स्पिनरमा ललित र सन्दीप प्रमुख बलरको रुपमा खेल्नेछन् । ललितले नयाँ बलको साथ प्रयास गर्नेछन् । पछिल्ला दुई खेलमा ललितले युएईविरुद्ध ९ विकेट लिएका छन् । ललितको प्रदर्शन महत्वपूर्ण हुन सक्छ । तीव्र गतिका बलरमा किशोर, करण र गुलशन हुनेछन् । पार्ट टाइम स्पिनरमा दीपेन्द्रसिंह ऐरी हुनेछन् ।

नेपालको सम्भावित प्लेइङ ११ :

आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान), अर्जुन साउद (विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, किशोर महतो र ललितनारायण राजवंशी ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.