default_image

2 years ago

July 2, 2023

नेपालले टस जित्यो

377 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा आज युएईविरुद्ध टस जितेको छ । ४५ मा हरारेमा रहेको ताकाशिंगा स्पोर्ट्स क्लबमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

नेपाल र युएईबीचको खेल सातौं स्थानको लागि सेमिफाइनलको रुपमा रहेको छ । यस खेलको विजेता टोलीले सातौं स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । पराजित हुने टोलीले नवौं स्थानको लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । नेपाल युएईलाई हराउँदै टेस्ट टोली आयरल्यान्डसँग प्रतिस्पर्धा गर्न चाहन्छ ।

नेपाल समूह ए बाट ४ खेलमा ३ मा हार र १ मा जितसहित २ अंकका साथ चौथो स्थानमा रहेर बाहिरिएको थियो । नेपाल जिम्बावेसँग ८ विकेट, वेस्टइन्डिजसँग १ सय १ र नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको थियो ।

नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो । युएई समूह बी मा चारै खेलमा हारका साथ पुछारमा रहेर बाहिरिएको थियो । युएई श्रीलंकासँग १ सय ७५, ओमानसँग ५ विकेट, स्कटल्यान्डसँग १ सय ११ र आयरल्यान्डसँग १ सय ३८ रनले पराजित भएको थियो । मध्यक्रमर र तल्लोक्रम ब्याटिङ समस्या युएईलाई पुन भारी परेको थियो ।

युएई लक्ष्य पछ्याउँदा संघर्ष गर्दै आएको छ । नेपाल र युएईको टोलीमा युवा खेलाडीको बाहुल्यता छ । नेपाल र युएईबीच कुल १४ खेल भएको छ । जसमा नेपाल ८ मा विजयी र ६ खेलमा पराजित भएको छ । पछिल्ला पाँच खेलमा नेपाल ४ खेलमा विजयी भएको छ ।

नेपालको प्लेइङ ११ ः

कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी र अर्जुन साउद ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.