default_image

8 months ago

July 2, 2023

सन्दीप र करणको उत्कृष्ट बलिङमा नेपाललाई मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर करण केसीको उत्कृष्ट बलिङसँगै आइसिसी विश्वकप छनोटको प्लेअफ खेलमा युएईले नेपाललाई १ सय ८२ रनको मध्यम लक्ष्य दिएको छ । जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ४६.५ ओभरमा १ सय ८१ रनमा अल आउट भयो । युएईका कार्यवाहक कप्तान […]

264 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर करण केसीको उत्कृष्ट बलिङसँगै आइसिसी विश्वकप छनोटको प्लेअफ खेलमा युएईले नेपाललाई १ सय ८२ रनको मध्यम लक्ष्य दिएको छ । जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ४६.५ ओभरमा १ सय ८१ रनमा अल आउट भयो ।

युएईका कार्यवाहक कप्तान वृत्य अरविन्दले ७५ बलमा ४ चौकासहित सर्वाधिक ४४ रन बनाए । आयरल्यान्डविरुद्ध घाइते भएका कप्तान मोहम्मद वासिम नहुँदा युएईले आसिफ खानलाई ओपनिङ पठाएको थियो । मध्यक्रमका ब्याटर आसिफ नेपालविरुद्ध पहिलो ओभरको दोस्रो बलमै शून्यमा आउट भए ।

उनी तीव्र गतिका बलर करण केसीको बलमा एज लागेर विकेटकिपर अर्जुन साउदबाट क्याच हुन पुगेका थिए । ओपनरलाई दोस्रो बलमै गुमाएपनि युएईका दुई युवा ब्याटर अर्यांश शर्मा र वृत्यले दोस्रो विकेटका लागि ६४ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए ।

स्पिनर सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरमै उक्त साझेदारी तोडेका थिए । सन्दीपको १५ औं ओभरको अन्तिम बलमा अर्यांश शर्मा एज लागेर फस्ट स्लिपमा आरिफ शेखबाट २८ रनमा क्याच आउट भए । उनले ४३ बलमा ३ चौका प्रहार गरे ।

सन्दीपले मध्यक्रमका ब्याटर रमिज शाहजादलाई १० रनमा एलबीडब्लू आउट गर्दै दबाब बढाएका थिए । तीव्र गतिका बलर गुलशन झाले कार्यवाहक कप्तान वृत्य अरविन्दलाई बोल्ड आउट गर्दै नेपाललाई खेलमा फर्काएका थिए । पाँचौं विकेटका लागि रोहन मुस्तफा र बासिल हामिदले ५८ रनको साझेदारी गरेका थिए ।

एक समय युएई ३९.२ ओभरमा १५५-४ को अवस्थामा थियो । करण केसीको बाउन्सर बलमा रोहन मुस्तफा एज लागेर अर्जुनबाट समातिन पुगे । मुस्तफाले ५६ बलमा ३ चौकासहित ३५ रन बनाए । मुस्तफा आउट भएपछि बाँकी ४ विकेट मात्रै २३ रन जोड्दा गुमाएपछि ूठूलो योगफलको सम्भावना सकिएको थियो । युएईले अन्तिम ६ विकेट मात्रै २६ रन बनाउन गुमाएपछि ठूलो योगफल बनाउनबाट चुकेको हो ।

बासिल हामिद दीपेन्द्रको बलमा करणबाट २९ रनमा समातिन पुगे । हामिदले ३५ बलमा २ चौका प्रहार गरे । रोहित पौडेलले मिडअफबाट युएईका फिनिसर अली नासिरलाई ४ रनमा अल आउट गरेपछि नेपाल खेलमा पुरै हाबी बनेका थिए । सन्दीपले सन्चित शर्मालाई १२ रनमा क्याच गराए । युवा बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सीले जुनैद सिद्दिकलाई शून्यमा बोल्ड आउट गरे ।

नेपालका सन्दीप लामिछानेले १० ओभरमा ३ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए । करण केसीले ८.५ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । प्रतिश जि.सी, गुलशन झा र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए । नेपाल यस खेलमा विजयी भएमा सातौं स्थानको लागि आयरल्यान्ड्सँग खेल्नेछ । यदि पराजित भएमा नेपालले नवौं स्थानको लागि अमेरिकासँग खेल्नेछ ।

February 24, 2024

एक्सपर्ट भरतपुर मेयर्स कप- अर्किड समूह विजेता

चितवन (हाम्रो खेलकुद)– एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको लिगमा चरणमा लगातार जितसंगै अर्किड सेकेण्डरी स्कुल सेमिफाइनल प्रवेश गरेको छ । लक्ष्मी माविले सान्त्वना जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ । आफ्नो लिग चरणको अन्तिम खेलमा शनिबार इडेन गार्डेन स्कुललाई १ सय ८ रनले पराजित गर्दै समूह ‘बी’को विजेताको रुपमा सेमिफाइनल स्थान सुरक्षित […]

February 24, 2024

बिर्तामोडलाई अन्तरपालिका क्रिकेट उपाधि

हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिकाले प्रथम झापा जिल्ला अन्तरपालिकास्तरीय पुरुष टि२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बुधबारेमा शनिबार भएको फाइनलमा कचनकवल गाउँपालिकामाथि १ सय १९ रनको सानदार जित निकाल्दै बिर्तामोड च्याम्पियन बनेको हो । कचनकवलको फितलो ब्याटिङ र कमजोर बलिङको फाइदा उठाउँदै बिर्तामोड विजेता बनेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको बिर्तामोडले निर्धारित […]

February 24, 2024

इङ्ल्यान्डविरुद्ध भारतका जैसवालको अर्धशतक

एजेन्सी – इङ्ल्यान्डविरुद्धको चौथो टेस्टको पहिलो इनिङमा भारत १ सय ३४ रनले पछाडि रहेको छ । दोस्रो दिनको खेल सकिदा भारतले पहिलो इनिङमा ७ विकेटको क्षेतिमा २ सय १९ रन बनाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले पहिलो इनिङमा ३ सय ५३ रन बनाएको थियो । ७ विकेटको क्षेतिमा ३ सय २ रनबाट […]

Success

Thank you for your time.