2 years ago
July 2, 2023
एजेन्सी – कप्तान बेन स्टोक्सको सानदार शतकका बाबजुद इंग्ल्यान्ड द एशेज सिरिजको दोस्रो टेस्ट खेलमा अष्ट्रेलियासँग ४३ रनले पराजित भएकोछ । योसँगै पाँच टेस्ट खेलको सिरिजमा अष्ट्रेलियाले २-० को अग्रता लिएको छ ।

जितको लागि ३ सय ७१ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ३ सय २७ रनमा अल आउट भयो । इंग्ल्यान्डका बेन स्टोक्सले २ सय १४ बलमा ९ चौका र ९ छक्कासहित १ सय ५५ रनको एक सानदार इनिङ खेलेपनि टोलीलाई जिताउन सकेनन् ।
स्टोक्स जोश हेजलवुडको बलमा टप एज लागेर विकेटकिपर एलेक्स केरीबाट क्याच आउट भए । स्टोक्स आउट हुँदा इंग्ल्यान्डलाई जितको लागि ७० रन चाहिँएको थियो । तर स्टोक्स आउट भएपछि अन्तिम तीन खेलाडी बलर हुँदा जितको सम्भावना कठिन बनेको थियो ।
जोनी बेयरस्टो नाटकीय रुपमा १० रनमा स्टम्पिङ आउट भए । क्यामरन ग्रिनको ५२ औं ओभरको अन्तिम बाउन्सर बल उनी छाड्दै अघितर्फ बढेका थिए । बेयरस्टो नन स्ट्राइकमा बेन स्टोक्सतर्फ जादै गर्दा विकेटकिपर एलेक्स केरीले पछिबाट स्टम्पमा हानेपछि आउट हुन पुगेका थिए । त्यो आउट हारको एक कारण बन्यो ।
ओपनर बेन डकेट १ सय १२ बलमा ९ चौकासहित ८३, जो रुट १८ र ह्यारी ब्रुक ४ रनमा आउट भए । अष्ट्रेलियाका मिचेल स्टार्क, प्याट कमिन्स र जोश हेजलवुडले समान तीन विकेट लिए ।
त्यसअघि अष्ट्रेलिया दोस्रो इनिङमा २ सय ७९ रनमा अल आउट भएको थियो । अष्ट्रेलिया ओपनर उस्मान खवाजा ७७, डेविड वार्नर २५, मार्नस लाबुसेन ३० र स्टिभ स्मिथ ३४ रनमा आउट भए । इंग्ल्यान्डका स्टुअर्ट ब्रोडले चार विकेट लिए । टोश टोङ्गे र ओली रोविन्सनले समान दुई विकेट लिए ।
इंग्ल्यान्ड पहिलो इनिङमा ३ सय २५ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका बेन डकेट १ सय ३४ बलमा ९ चौकासहित सर्वाधिक ९८ रनमा आउट भएका थिए । ह्यारी ब्रुक ५०, जो रुट १०, ओली पोप ४२, ज्याक क्रली ४८, बेन स्टोक्स १७ र जोनी बेयरस्टो १६ रनमा आउट भएका थिए । अष्ट्रेलियाका मिचेल स्टार्कले तीन, जोश हेजलवुड र टर्विस हेडले समान दुई विकेट लिए ।
त्यसअघि पहिलो इनिङमा अष्ट्रेलिया दास्रो दिन पहिलो सेसनमा ४ सय १६ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथले १ सय ८४ बलमा १५ चौकासहित १ सय १० रनको शतकीय इनिङ खेलेका थिए । स्मिथनै खेलेको प्लेयर अफ द म्याच चुनिए ।
ओपनर डेविड वार्नर ८८ बलमा ८ चौका र १ छक्कासहित ६६, उस्मान खवाजा १७, मार्नस लाबुसेन ४७, क्यामरन ग्रिन डक, एलेक्स केरी २२, नाथन लायन ७ र जोश हेजलवुड ४ रनमा आउट भए । प्याट कमिन्स ४३ बलमा २ चौकासहित २२ रनमा नट आउट रहे ।
इंग्ल्यान्डका ओली रोविन्सन र जोश टोंगेले समान तीन विकेट लिए । जो रुटले दुई, जेम्स एन्डरसन र स्टुअर्ट ब्रोडले समान एक विकेट लिए । अष्ट्रेलिया पहिलो खेलमा दुई रनले विजयी भएको थियो । तेस्रो खेल बिहीबारबाट सुरु हुनेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]