default_image

2 years ago

July 7, 2023

नेदरल्यान्ड्स १२ वर्षपछि विश्वकपमा

221 views

0 Bookmark

एजेन्सी – नेदरल्यान्ड्सले आइसिसी विश्वकपमा १२ वर्षपछि स्थान बनाएको छ । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटमा नेदरल्यान्ड्सले स्कटल्यान्डमाथि चार विकेटको सानदार जितका साथ २०११ पछि विश्वकपमा स्थान बनाएको हो ।

नेदरल्यान्ड्सले पछिल्लो पटक २०११ मा भारतमा सम्पन्न विश्वकप खेलेको थियो । त्यसपछि दुई विश्वकप २०१५ र २०१९ खेल्न सकेको थिए । नेदरल्यान्ड्सले भारतबाट नै विश्वकपमा पूनरागमन गर्नेछ । नेदरल्यान्ड्सले पहिलो विश्वकप १९९६ मा खेलेको थियो । १९९९ को विश्वकप भने खेल्न सकेको थिएन । त्यसपछि २००३, २००७ र २०११ सम्म लगातार विश्वकप खेलेको थियो ।

२०११ को विश्वकपमा नेदरल्यान्ड्सले सबै ६ हारेको थियो । त्यस्तै सन् १९९६ मा सबै खेल हार्दा २००३ र २००७ मा एक एक खेल जितेको थियो । २००३ मा नामिबिया र २००७ मा स्कटल्यान्डलाई हराएको थियो ।

नेदरल्यान्ड्स आइसिसी विश्वकप सुपर लिगमा शीर्ष आठमा पर्न नसकेपछि विश्वकप छनोट खेल्नु परेको थियो । सुपर लिगमा नेदरल्यान्ड्स प्रतिस्पर्धा गर्ने एक्लो एसोसिएट टोली थियो । नेदरल्यान्ड्सले २०१५–१७ को विश्व क्रिकेट च्याम्पियनसिप जितेको कारण १२ टेस्ट टोलीसँग खेल्ने अवसर पाएको थियो ।

सुपर लिगमा भने नेदरल्यान्ड्स पुछारमा रहेर छनोट खेल्न आएको थियो । काउन्टीको कारण आफ्ना प्रमुख ८ खेलाडी विनानै छनोट खेल्न आएको थियो । बास डि लिडे, लोगन भान बिक र स्कट एडवार्ड्स हिरो बन्दा विश्वकपमा स्थान बनाएको हो ।

नेदरल्यान्ड्सलाई विश्वकपमा पुग्न समूह चरणमा वेस्टइन्डिजसँगको खेल निर्णायक जस्तै बन्यो । वेस्टइन्डिजले दिएको ३ सय ७५ रनको विशाल लक्ष्य नेदरल्यान्ड्सले अन्तिम बलमा टाई गरेको थियो । सुपर ओभरमा लोगन भान बिकले जेसन होल्डरलाई ३० रन प्रहार गरेपछि महत्वपूर्ण २ अंक पाएको थियो । सुपर सिक्समा ओमान र स्कटल्यान्डसँगको जितले विश्वकप यात्रा पक्का गराएको हो ।

उता नेदरल्यान्ड्सले समूह चरणमा अमेरिकालाई ५ विकेट, नेपाललाई ७ विकेट र वेस्टइन्डिजलाई सुपर ओभरमा हराएको थियो । जिम्बावेसँग ६ विकेटले पराजित हुन पुगेको थियो ।

सुपर सिक्समा श्रीलंकासँग २१ रनले पराजित हुँदा ओमानलाई डकवर्थ लेविस पद्धतिको आधारमा ७४ रनले हराएको थियो । नेदरल्यान्ड्सले उपाधिको लागि श्रीलंकासँग खेल्नेछ । श्रीलंकालेपनि विश्वकपमा स्थान बनाएको छ ।

यो पनि : पहिलो रोजाईका ८ खेलाडी नै नभएको नेदरल्यान्ड्स विश्वकपमा

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.