default_image

2 years ago

July 6, 2023

पहिलो रोजाईका ८ खेलाडी नै नभएको नेदरल्यान्ड्स विश्वकपमा

262 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आफ्नो पहिलो रोजाईको प्लेइङ-११ का प्रमुख ८ खेलाडी विना नै विश्वकप छनोट खेल्न जिम्बावे आएको नेदरल्यान्ड्स अविश्वसनीय रुपमा आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकपमा स्थान बनाएको छ । नेदरल्यान्ड्सले सुपर सिक्सको आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई ४ विकेटले हराउँदै विश्वकपमा पुगेको हो ।

इंग्ल्यान्डको चर्चित घरेलु क्रिकेट काउन्टीका विभिन्न टोलीले खेलाडी नछोडेपछि नेदरल्यान्ड्सका प्रमुख खेलाडी विना नै विश्वकप छनोट खेल्न जिम्बावे आएको थियो । तर सानदार प्रदर्शनका साथ विश्वकपमा स्थान बनाएको छ ।

नेदरल्यान्ड्सले तीन टेस्ट टोली वेस्टइन्डिज, आयरल्यान्ड र जिम्बावेलाई पछि पार्दै विश्वकप खेलेको हो । समान ६ अंक भएपनि स्कटल्यान्ड र जिम्बावेलाई नेटरनरेटमा पछि पार्दै विश्वकपमा स्थान बनाएको हो ।

नेदरल्यान्ड्सका मध्यक्रमका भरपर्दा ब्याटर टम कुपर, कोलिन एकरम्यान, तीव्र गतिका बलिङ अलराउन्डर पल भान मार्केन, फर्द क्लासेन, ब्रेन्डन ग्लोभर, टिम भान डर गुर्टेन, शेन स्नेटर र रोलेफ भान मर्वे नेदरल्यान्ड्सको टोलीमा थिएनन् ।

यी आठ खेलाडी नेदरल्यान्ड्सको पहिलो रोजाईमा खेल्दै आएका थिए । अझ नेदरल्यान्ड्सको तेस्रो रोजाईको तीव्र गतिको बलिङ आक्रामण जिम्बावेमा आउनु परेको थियो ।

तर लोगन भान बिक, रयान केलिन र बास डि लिडेले त्यसको अभाव महसुस हुन दिएनन् । टिम भान डर गुर्टेन र शेन स्नेटर बाहेक अन्य सबै खेलाडी काउन्टीको कारण आएका थिएनन् ।

बास डि लिडे विश्वकप छनोट खेल्न आउने एक मात्रै काउन्टी खेल्न गएका डच खेलाडी थिए । उनलाई भने काउन्टी टोली धुरमले छाडेको थियो । लिडे नै खेलको हिरो बने । निर्णायक खेलमा स्कटल्यान्डलाई हराउन लिडेले पाँच विकेट लिनुको साथै १ सय २३ रनको सानदार अलराउन्ड प्रदर्शन गरे ।

उता नेदरल्यान्ड्सले समूह चरणमा अमेरिकालाई ५ विकेट, नेपाललाई ७ विकेट र वेस्टइन्डिजलाई सुपर ओभरमा हराएको थियो । जिम्बावेसँग ६ विकेटले पराजित हुन पुगेको थियो । सुपर सिक्समा श्रीलंकासँग २१ रनले पराजित हुँदा ओमानलाई डकवर्थ लेविस पद्धतिको आधारमा ७४ रनले हराएको थियो ।

यो पनि : सानदार जित निकाल्दै नेदरल्यान्डस विश्वकपमा

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.