2 years ago
July 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आफ्नो पहिलो रोजाईको प्लेइङ-११ का प्रमुख ८ खेलाडी विना नै विश्वकप छनोट खेल्न जिम्बावे आएको नेदरल्यान्ड्स अविश्वसनीय रुपमा आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकपमा स्थान बनाएको छ । नेदरल्यान्ड्सले सुपर सिक्सको आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई ४ विकेटले हराउँदै विश्वकपमा पुगेको हो ।

इंग्ल्यान्डको चर्चित घरेलु क्रिकेट काउन्टीका विभिन्न टोलीले खेलाडी नछोडेपछि नेदरल्यान्ड्सका प्रमुख खेलाडी विना नै विश्वकप छनोट खेल्न जिम्बावे आएको थियो । तर सानदार प्रदर्शनका साथ विश्वकपमा स्थान बनाएको छ ।
नेदरल्यान्ड्सले तीन टेस्ट टोली वेस्टइन्डिज, आयरल्यान्ड र जिम्बावेलाई पछि पार्दै विश्वकप खेलेको हो । समान ६ अंक भएपनि स्कटल्यान्ड र जिम्बावेलाई नेटरनरेटमा पछि पार्दै विश्वकपमा स्थान बनाएको हो ।
नेदरल्यान्ड्सका मध्यक्रमका भरपर्दा ब्याटर टम कुपर, कोलिन एकरम्यान, तीव्र गतिका बलिङ अलराउन्डर पल भान मार्केन, फर्द क्लासेन, ब्रेन्डन ग्लोभर, टिम भान डर गुर्टेन, शेन स्नेटर र रोलेफ भान मर्वे नेदरल्यान्ड्सको टोलीमा थिएनन् ।
यी आठ खेलाडी नेदरल्यान्ड्सको पहिलो रोजाईमा खेल्दै आएका थिए । अझ नेदरल्यान्ड्सको तेस्रो रोजाईको तीव्र गतिको बलिङ आक्रामण जिम्बावेमा आउनु परेको थियो ।
तर लोगन भान बिक, रयान केलिन र बास डि लिडेले त्यसको अभाव महसुस हुन दिएनन् । टिम भान डर गुर्टेन र शेन स्नेटर बाहेक अन्य सबै खेलाडी काउन्टीको कारण आएका थिएनन् ।
बास डि लिडे विश्वकप छनोट खेल्न आउने एक मात्रै काउन्टी खेल्न गएका डच खेलाडी थिए । उनलाई भने काउन्टी टोली धुरमले छाडेको थियो । लिडे नै खेलको हिरो बने । निर्णायक खेलमा स्कटल्यान्डलाई हराउन लिडेले पाँच विकेट लिनुको साथै १ सय २३ रनको सानदार अलराउन्ड प्रदर्शन गरे ।
उता नेदरल्यान्ड्सले समूह चरणमा अमेरिकालाई ५ विकेट, नेपाललाई ७ विकेट र वेस्टइन्डिजलाई सुपर ओभरमा हराएको थियो । जिम्बावेसँग ६ विकेटले पराजित हुन पुगेको थियो । सुपर सिक्समा श्रीलंकासँग २१ रनले पराजित हुँदा ओमानलाई डकवर्थ लेविस पद्धतिको आधारमा ७४ रनले हराएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]