2 years ago
August 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ(क्यान) अन्तर्गत जिल्ला चुनावमा नुवाकोटबाट दुर्गाराज पाठक र मकवानपुरबाट करन महत्रा क्षेत्री सर्वसम्मत अध्यक्षमा नियुक्त भएका छन् ।

आज भएको साधरण सभाबाट नुवाकोटबाट पाठक सर्वसम्मत चुनिएका हुन् । पाठक यसअघि पनि नुवाकोटका अध्यक्ष थिए । क्यानको केन्द्रिय सदस्य हुँदै हाल कार्यवाहक सचिवको भुमिका निर्वाह गरेका छन् ।
उता मकवानपुरमा मा करन सर्वसम्मत चुनिएका थिए । मकवानपुर जिल्ला क्रिकेट संघको उपाध्यक्षमा ईश्वर प्रसाद मैनाली, सचिवमा विनोद कुमार बानियाँ र कोषाध्यक्षमा धिरज श्रेष्ठ नियुक्त भएका छन् ।
त्यस्तै सदस्यहरुमा विनोद प्रधान, साजनक कुमार शर्मा, मनिषा चौलागाई, अमित राई, राजु गुप्ता, संजोग पोखरेल, नवराज सापकोटा, रवि थापा, अनुप प्रसाद सेनुरिया, प्रेम बहादुर क्षेत्री र कृष्णगोपाल श्रेष्ठ नियुक्त भएका हुन् ।

त्यस्तै नुवाकोट जिल्ला संघको उपाध्यक्षमा बिषणु प्याकुरेल, सचिव करण खतिवडा, कोष्याध्यक्ष राजेन्द्र पनेरु चुनिएका छन् । सदस्यहरुमा सुरज सिलवाल, अनुजमान श्रेष्ठ, प्रज्जवल सापकोटा, उपेन्द्र देबकोटा, केशब मिश्र पारस अधिकारी, ओम प्रकाश श्रेष्ठ र रामधन ढकाल निर्वाचित चुनिएका छन् ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]