2 years ago
August 24, 2023
एजेन्सी – पाकिस्तानले अर्को महिना चीनमा हुने १९ औं एसियन खेलकुद खेल्ने टोली घोषणा गरेको छ । पाकिस्तानले युवा खेलाडी कासिम अक्रमको कप्तानीमा १५ सदस्य टोली घोषणा गरेको छ ।

पाकिस्तानको टोलीमा सिनियर टोलीका आसिफ अली, हैदर अली र खुशदील शाह गरि तीन स्टार ब्याटर छन् । तीव्र गतिका बलर मोहम्मद हसनैन र शाहनवाज दाहानी पनि टोलीमा छन् । यी बाहेक अमैर जमल, अर्शद इकवाल र उस्मान कादिरले पनि पाकिस्तानबाट खेलेका छन् ।
पाकिस्तानले टि२० विशेष खेलाडीलाई प्राथमिकतामा राख्दै दोस्रो रोजाईको टोली पठाएको छ । सबै टेस्ट टोलीले दोस्रो रोजाईका टोली पठाउनेछन् । आगमी अक्टोबर ५ देखी भारतमा विश्वकप हुँदा पहिलो रोजाईका टोली जाने छैनन् । नेपालसहित एसोसियट टोलीले भने पहिलो रोजाईको टोली पठाउनेछन् ।
पाकिस्तानले प्रतियोगितामा सिधैं क्वाटरफाइनल खेल्नेछ । क्वाटरफाइनल ३ र ४ अक्टोबरमा हुनेछ । सेमिफाइनल ६ अक्टोबरमा हुनेछ । फाइनल ७ अक्टोबरमा हुनेछ । प्रतियोगिता टि२० शैलीमा हुनेछ । नेपालले भने समूह चरण पार गर्दै क्वाटरफाइनल खेल्नुपर्ने हुन्छ ।
पाकिस्तानको टोली :
कासिम अक्रम (कप्तान), ओमैर बिन युसुफ, अमैर जमल, अराफत मिनहास, अर्शद इकवाल, आसिफ अली, हैदर अली, खुशदील शाह, मिजा ताहिर बैग, मोहम्मद हसनैन, मोहम्मद अखलाक, राहिल नाजिर, शाहनवाज दाहानी, सुफ्यान मकीम र उस्मान कादिर ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]