2 years ago
October 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको सिनियर राष्ट्रिय टोलीले त्रिकोणात्मक टि२०आई सिरिजको तेस्रो खेलमा आज हङकङको सामना गर्दैछ । मुलपानी क्रिकेट मैदानमा विहान ११ बजे सुरु हुने खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ ।

नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपालले यसअघि सिरिजको दुवै खेलमा पहिलो फिल्डीङ गर्ने निर्णय लिएको थियो ।
नेपालका लागि खेलमा प्रतिस जिसीले डेब्यु गर्दैछन् । त्यस्तै ललित नारायण राजवंशी पनि टोलीमा फर्केका छन् । पछिल्लो खेलबाट अभिनाश बोहोरा र श्याम ढकाललाई विश्राम दिइएको छ ।
आजको खेलमा विजयी भएसँगै नेपाल एक खेल अगावै फाइनलमा स्थान बनाउनेछ । पहिलो खेलमा हङकङमात्रै ९४ रनमा अल आउट भएको थियो । उक्त खेलमा नेपालका करण केसीले चार विकेट लिएका थिए । नेपालले त्यसअघि पहिलो खेलमा यूएईलाई हराएको थियो । सिरिजको फाइनल शुक्रबार हुनेछ ।
नेपालको प्लेइङ-११:
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललितनारायण राजवंशी
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]