default_image

2 years ago

December 7, 2023

करन र ज्याक्सको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्डको सहज जित

1954 views

0 Bookmark

एजेन्सी – युवा बलिङ अलराउन्डर साम करन र ओपनर विल ज्याक्सको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्डले दोस्रो ओडिआई खेलमा वेस्टइन्डिजलाई ६ विकेटले हराएको छ । योसँगै तीन ओडिआई खेलको सिरिज १-१ को बराबरीमा पुगेको छ ।

जितको लागि २ सय ३ रनको मध्यम विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले ३२.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डको जितमा ओपनर विल ज्याक्सले ७२ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ७३ रनको योगदान दिए ।

कप्तान जस बटलर ४५ बलमा ४ चौका र ३ छक्कासहित ५८ रनमा नट आउट रहे । ह्यारी ब्रुक ४९ बलमा २ चौका र २ छक्कासहित ४३ रनमा अविजित रहँदा ओपनर फिलिप साल्ट २१, ज्याक क्रली र बेन डकेट ३–३ रनमा आउट भए ।

वेस्टइन्डिजका गुडाकेश मोतीले ७.५ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । रोमारियो शेफर्ड र शेर्फान रदरफोर्डले १-१ विकेट लिए ।

त्यसअघि एन्टिगुवामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज ३९.४ ओभरमा २ सय २ रनमा अल आउट भयो । वेस्टइन्डिजका कप्तान शाई होपले ६८ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ६८ रन बनाए ।

पहिलो खेलमा वेस्टइन्डिजलाई जिताउन होपले शतक हानेका थिए । शेर्फान रदरफोर्ड ८० बलमा ७ चौका र १ छक्कासहित ६३ रनमा आउट भए ।

अन्य कुनैपनि वेस्टइन्डिजका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । एलिक एथान्जे ४, ब्रेन्डन किंग १७, केसी कार्टी र शिम्रन हेटमायर शून्यमा आउट भए ।

इंग्ल्यान्डका साम करनले ७ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । पहिलो खेलमा ९८ रन खर्चेका साम करनलाई टोलीले विश्वास गर्दै निरन्तरता दिएपछि उत्कृष्ट प्रदर्शन गरेका थिए । गस एट्किन्सन र रेहान अहमदले २-२ विकेट लिए । लियाम लिभिङस्टोनले ६ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए ।

पहिलो खेलमा वेस्टइन्डिज ४ विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ । त्यसपछि पाँच टि२० आई खेलको सिरिज हुनेछ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.