default_image

2 years ago

January 18, 2024

भारतले एकै खेलमा तोड्यो नेपालका तीन विश्व कीर्तिमान

36575 views

0 Bookmark

एजेन्सी – भारतले तेस्रो तथा अन्तिम टि२० आई खेलमा अफगानिस्तानमाथि दोस्रो सुपर ओभरमा रोमान्चक जित हात पार्नेक्रममा नेपालले बनाएका तीन विश्व कीर्तिमान तोडेका छ ।

जितको लागि २ सय १३ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १२ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा अफगानिस्तानले १६ रन बनाएपछि पुन टाई भएको थियो । दोस्रो सुपर ओभरमा भारतले ११ रन बनाउँदा अफगानिस्तानले एक रन मात्रै बनाउन सक्यो ।

त्यसअघि चिन्नास्वामी स्टेडियम बेंगलोरमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो ।

भारतका कप्तान रोहित शर्मा ६९ बलमा ११ चौका र ८ छक्कासहित सर्वाधिक १ सय २१ रनमा नट आउट रहे । रिंकु सिंह ३९ बलमा २ चौका र ६ छक्कासहित ६९ रनमा नट आउट रहे ।

एक समय ४.३ ओभरमा २२–४ को दयनीय अवस्थामा पुगेको भारतलाई फर्काउन रोहित र रिंकुले ९५ बलमा १ सय ९० रनको विष्फोटक अविजित साझेदारी गरेका थिए ।

भारतले अन्तिम १२ बलमा ५८ रन जोेडेको थियो । अन्तिम ओभरमा भारतले करिम जन्नतलाई पाँच छक्कासहित कुल ३६ रन जोडेको थियो । १९ औं ओभरमा भारतले २२ रन जोडेको थियो । जसक्रममा नेपालका तीन विश्व कीर्तिमान पनि तोडेको थियो ।

३. अन्तिम दुई ओभरमा सर्वाधिक रन

भारतले अन्तिम दुई ओभरमा ५८ रन जोडेको थियो । टि२० क्रिकेटमा कुनै पनि टोलीले अन्तिम दुई ओभरमा जोडेको यो सर्वाधिक रन हो । यसअघि गत सेप्टेम्बरमा चीनमा भएको १९ औं एसियाली खेलकुलमा मंगोलियाविरुद्ध नेपालले अन्तिम २ ओभरमा ५५ रन जोडेको थियो । नेपालले १९ औं ओभरमा पाँच छक्कासहित कुल ३२ रन जोडेको थियो । अन्तिम ओभरमा तीन छक्कासहित कुल २३ रन जोडेको थियो । सबै ८ छक्का दीपेन्द्रले नै हानेका थिए ।

२. डेथ ओभरमा सर्वाधिक रन

भारतले डेथ ओभर अर्थात अन्तिम पाँच ओभरमा अफगानिस्तानविरुद्ध १ सय ५ रन जोड्यो । टि२० आईमा डेथ ओभरमा जोडेको सर्वाधिक रन हो । यसअघि मंगोलियाविरुद्ध नेपालले डेथ ओभरमा जोडेको ८९ रन नै सर्वाधिक थियो ।

१.पाँचौं विकेटका लागि उच्च साझेदारी

टि२० आईमा पाँचौं विकेटका लागि नेपाली खेलाडीले गरेको उच्च साझेदारी पनि तोडिएको छ । अफगानिस्तानविरुद्ध रिंकु र रोहितले पाँचौं विकेटका लागि ९५ बलमा १ सय ९० रनको विश्व कीर्तिमानी साझेदारी गरे ।

गत अक्टोबरमा मुलपानी क्रिकेट मैदानमा त्रिकोणात्मक टि२० आई सिरिजमा नेपालका दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले हङकङविरुद्ध १ सय ४५ गरेको कीर्तिमानको साझेदारी तोडेका हुन् ।

November 17, 2025

एनपिएलको उद्घाटनमा २ हजार बढी सुरक्षाकर्मी परिचालित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको‌ उद्घाटनमा २ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीचको उद्घाटन खेल हुँदैछ। खेल दिउँसो ४ बजे सुरु हुनेछ। आज नेपाल‌ प्रहरीका १ हजार ९ सय, सशस्त्र २ सय ५० र‌ प्राइभेट स्क्युरिटी २ सय परिचालन गरिएको नेपाल क्रिकेट संघ […]

November 17, 2025

पाकिस्तानको क्लिन स्विप, श्रीलंकाको हार

एजेन्सी – फखर जमन र मोहम्मद रिजवानले अर्धशतक बनाएपछि पाकिस्तानले श्रीलंकालाई तेस्रो तथा अन्तिम ओडिआईमा ६ विकेटले हराएको छ। घरेलु टोली पाकिस्तानले सिरिज ३-० ले सिरिज जितेको छ। श्रीलंकाले दिएको २ सय १२ रनको लक्ष्य पाकिस्तानले ४४.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। पाकिस्तानले खराब सुरुआत गर्‍यो। ओपनर हसीबुल्लाह खान शुन्य मै आउट भएपछि टोली […]

November 16, 2025

फोन पे काठमान्डु गोर्खाजको डिजिटल पार्टनर

काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजको प्लाटिनम प्रायोजकमा फोन पे जोडिएको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि नेपालको अग्रणी डिजिटल भुक्तानी नेटवर्क फोन पे गोर्खाजको डिजिटल पार्टनर रहने छ । सोमवार सुरु हुने एनपिएलमा गोर्खाजका खेलाडीको जर्सीको अगाडि भागमा फोन पेको लोगो हुनेछ । यसका लागि काठमान्डु गोर्खाज र फोन पे बीच […]

Success

Thank you for your time.