9 months ago
February 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-१९ राष्ट्रिय पुरुष क्रिकेट टोली आइसीसी यू-१९ विश्वकपमा सहभागिता जनाएर स्वदेश फर्किएको छ ।
समूह चरण पार गरेर सुपर सिक्स खेलेको नेपाली टोली सोमबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो । नेपालले समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्स यात्रा तय गरेको थियो । त्यसअघि न्युजिल्यान्ड र पाकिस्तानले नेपाललाई हराएका थिए ।
सुपर सिक्समा नेपालले भारत र बंगलादेशसँग हार बेहोरेको थियो । तर समग्र विश्वकपमा भने नेपाल ११ औं स्थानमा रह्यो । सुपर सिक्स नपुगेको अफगानिस्तान र जिम्बावेलाई नेपालले पछि पारेको हो ।
विश्वकपमा नेपाल सम्मिलित सुपर सिक्सको समूह १ बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुग्दा अर्को समूहबाट अष्ट्रेलिया र दक्षिण अफ्रीका अघि बढेका छन् ।
सेमिफाइनलमा भारत र दक्षिण अफ्रीका तथा पाकिस्तान र अष्ट्रेलिया खेल्दैछन् । फाइनल आइतबर हुनेछ ।
नेपाल यू-१९ टोलीका कप्तान देव खनाल र आकाश चन्दसँगै चोटका कारण विश्वकप जान नपाएका हेमन्त धामीले भने सिनियर टोलीबाट अवसर पाएका छन् ।
विस्तृतमा : ओडीआई डेब्यु नगरेका ४ युवा खेलाडी टोलीमा
November 3, 2024
डालस, (हाम्रो खेलकुद) – तीव्र गतिका बलर गुलशन झा ओडीआईमा नेपालबाट एकै खेलमा सर्वाधिक रन खर्चिने बलर बनेका छन् । शनिबार राती आईसीसी विश्वकप लिग-२ मा घरेलु टोली अमेरिकाविरुद्ध ८७ रन खर्चिदा गुलशनको नाममा उक्त कीर्तिमान बनेको हो । उनले अमेरिकाविरुद्ध १० ओभरमा ८७ रन खर्चेर ३ विकेट लिएका थिए । गुलशन अघि नेपालबाट ओडीआईमा […]
November 3, 2024
डालस, (हाम्रो खेलकुद) – नेपाल आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा अमेरिकासँग ३७ रनले पराजित भएको छ । यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । जित्नलाई २८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.५ ओभरमा २४४ रनमा अल आउट भयो । ओपनर अनिल साहले ८० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५२ […]
November 3, 2024
डालस, (हाम्रो खेलकुद) – ओपनर अनिल कुमार साहले आईसीसी विश्वकप लिग-२ मा अमेरिकाविरुद्ध अर्धशतक प्रहार गरेका छन् । अनिलले ७७ बलमा ४ चौका र १ छक्कासहित अर्धशतक पूरा गरेका हुन् । २८२ रनको लक्ष्य पछ्याएको नेपालले २६ ओभरमा २ विकेट गुमाउँदै १०२ रन बनाएको छ । नेपालले अव जित्नलाई १८० रन बनाउनु पर्ने हुन्छ । […]