2 years ago
February 18, 2024
धनगढी (हाम्रो खेलकुद) – लिटिल फ्लावर स्कुलले दीपेन्द्र श्वार मोमेरियल डिसिए कपको उपाधि जितेको छ ।
फाप्ला क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा थ्रीस्टार स्कुललाई ७ विकेटले पराजित गर्दै लिटिल फ्लावर च्याम्पियन बनेको हो ।
थ्रीस्टारले दिएको ६७ रनको लक्ष्य लिटिल फ्लावरले ११.१ ओभरमा ३ विकेट गुमाई भेट्टायो । त्यसअघि थ्रीस्टारले टस जितेर पहिले ब्याटिङ गर्दै १६ ओभरमा सबै विकेट गुमाएर ६६ रन बनाएको थियो । कमल ढकालले २५ बलमा २३ रन तथा यस्तै अनिल यादिले ९ रन बनाए ।
लिटिल फ्लावरका रोशन रावलले ४ ओभरमा १ ओभर मेडन राख्दै १८ रन दिएर ४ विकेट लिए । रोशन खेलको म्यान अफ द म्याच चुनिए । जवाफी ब्याटिङमा आएको लिटिल फ्लावरका यश कुमार कठायतले २१ बलमा ४ चौकाको मद्दतमा २८ रन तथा रोशन रावलले ८ रन प्रहार गरे । थ्रीस्टारका किरन शाहु र पर्वत साउँदले समान १ विकेट लिए ।
धनगढी क्रिकेट एकेडेमी(डिसिए)को आयोजनामा भएको प्रतियोगिताको विजेता लिटिल फ्लावरले ५० हजार रुपैयाँ प्राप्त गरेको छ । विजेता टोलीका खेलाडीले डिसिएमा २ महिनाको छात्रवृत्तीमा प्रशिक्षण पाउँने छन् । उपविजेता थ्री स्टार स्कुलले ३० हजार रुपैयाँसहित खेलाडीहरुले डिसिएमा २ महिनाको छात्रवृत्ती पाउनेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी स्टेपिङ स्टोन स्कुलका मनिष कुँवर घोषित भए । उनले नगद ५ हजारसहित २ महिनाको छात्रवृत्ती पाए । उत्कृष्ट ब्याटर स्टेपिङ स्टोनकै किरन धामी र उत्कृष्ट बलर लिटिल फ्लावरका रोशन रावल घोषित भए । दुबै जनाले समान ३ हजार रुपैयाँ सहित २ महिनाको छात्रवृत्ती पाएका छन् ।
उदीयमान खेलाडी घोषित सुदर्शन पन्तले १ हजार नगदसहित डिसिएमा २ महिनाको छात्रवृत्ती पाए । प्रतियोगितालाई दीपु सोसाइटी, एसपीए कलेज, एभरेष्ट बैंक, एनएमबी बैंक, गुरुकुल एकेडेमी, हाम्रो सहायक, ब्रेड बक्स द बेकरी क्याफेसाथ दिएका थिए ।
योसँगै यसवर्ष डिसिएले तीनवटा विद्यालयस्तरीय प्रतियोगिता सम्पन्न गरिसकेको छ । यसअघि डिसिएले स्टेपिङ स्टोन जुनियर कप, ग्रेस इन्टरनेसनल प्रिसेन्स कप आयोजना गरेको थियो ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]