1 year ago
July 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को सोमबार बसेको बोर्ड बैठकले महिला तथा पुरुष विश्वकपको छनोट प्रतियोगितामा गरेको परिवर्तनले नेपाललाई केही सहज हुने देखिएको छ ।
आइसीसीले सन् २०२६ मा हुने आइसीसी मेन्स टि२० विश्वकपका लागि क्षेत्रीय छनोटबाट विश्वकप पुग्ने ८ टोलीको छनोट प्रक्रियामा थोरै परिवर्तन गरेको छ । जसअनुसार अब युरोप र अफ्रिकाबाट २-२, अमेरिकाबाट १ तथा एसिया र इएपी क्षेत्रबाट कुल ३ टोली छनोट हुनेछन् ।
यसअघि एसियाबाट २ र इएपीबाट १ टोली छनोट हुने प्रावधान थियो । इस्ट एसिया प्यासिफिक (इएपी) बाट पिएनजी दाबेदार थियो भने जापान र भानुआतुले कडा प्रतिस्पर्धा दिने गरेका थिए । एसियामा नेपाल, ओमान, यूएई र हङकङ दाबेदार रहने गर्दथे । अब क्षेत्रीय स्तरमा छनोट खेलेपछि अन्तिम चरण छनोट भने एकसाथ हुनेछ ।
यससँगै अब नेपालसँगै अन्य राष्ट्रले छनोटको सेमिफाइनलमा पराजित भएपनि विश्वकपमा पुग्न अर्को अवसर पाउने समीकरण बन्नेछ । यसले एसोसिएट क्षेत्रको बलियो मानिने नेपाल, यूएई र ओमान तीनै टोली एकसाथ विश्वकपमा छनोट हुने ढोका पनि खुलेको छ ।
महिलातर्फ पनि आइसीसीले विश्वकपमा सहभागी हुने टोलीको संख्या बढाएको छ । सन् २०३० को विश्वकप देखि सहभागी टोलीलाई १२ बाट १६ पुर्याइएको छ । नेपालको महिला टोलीले हालसम्म विश्वकप खेल्न सकेको छैन ।
त्यस्तै आइसीसीको बोर्ड बैठकले आफ्नो नियममा नरहेको भन्दै चिली र अमेरिकालाई १२ महिनाको समय दिएको छ । आफ्नो प्रशासन आइसीसीको नियमअनुसार नचलेको भन्दै सदस्यता कायम राख्न १२ महिनाभित्र समस्या सुल्झाउन समय दिएको हो ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]