1 year ago
October 5, 2024
एजेन्सी – युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साविक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको हो ।
लगातार दोस्रो हार बेहोर्ने क्रममा श्रीलंका अस्ट्रेलियासँग ६ विकेटले पराजित भयो । श्रीलंका पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।
९४ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले १४.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । अस्ट्रेलियाकी ओपनर बेथ मुन्नीले ३८ बलमा ४ चौकाको सहयोगमा सर्वाधिक ४३ रन जोडिन् ।
एल्सी पेरीले १५ बलमा १७ तथा एश्ले गार्डनरले १५ बलमा १२ रन बनाइन् ।श्रीलंकाकी उडेसिका प्रवोधनी, इनोका रनविरा र सुगन्धिका कुमारीले समान १ विकेट लिए ।
शारजहामा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९३ रन मात्र बनाउन सक्यो । श्रीलंकाकी निलशिखा शर्माले ४० बलमा नट आउट २९, हर्षिता समराविक्रमाले ३५ बलमा २३ तथा अनुष्का सन्जिवनीले १५ बलमा १६ रन जोडेकी थिइन् ।
अस्ट्रेलियाका लागि मेगना स्कुटले ३ तथा सोफी मोलिनक्सले २ विकेट लिइन् । जितबाट सुरुवात गरेको अस्ट्रेलिया समूह ए को दोस्रो स्थानमा छ । लगातार दुई हार सहित श्रीलंका अंकबिहिन रहेको छ ।
शनिवारै भएको दोस्रो खेलमा बंगलादेशमाथि इङ्ग्ल्यान्डले जित दर्ता गरेको छ । आफ्नो पहिलो खेलमा विजयी सुरुवात गरेको इङ्ग्ल्यान्डले बंगलादेशमाथि २१ रनको जित निकाल्यो ।

१ सय १९ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर ९७ रन मात्र बनायो । बंगलादेशकी सोभाना मस्टोरीले ४८ बलमा ४४ तथा कप्तान निगर सुल्तानले २० बलमा १५ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन पनि सकेनन् ।
इङ्ग्ल्यान्डकी लिन्से स्मिथ र चार्ली डीनले समान २ तथा सराह ग्लेनले १ विकेट लिइन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको इङ्ग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय १८ रन मात्र बनायो ।
इङ्ग्ल्यान्डका लागि डन्नी व्याटहोजले ४० बलमा सर्वाधिक ४१, माईया बाउचियले १८ बलमा २३ तथा अमाइ जोन्सले १६ बलमा १२ रन जोडिन् ।
बंगलादेशका लागि नहिदा अक्तर, फहिमा खातुन र रितु मोनीले समान २ तथा रिब्या खानले १ विकेट लिइन् । जितबाट सुरुवात गरेको इङ्ग्ल्यान्ड समूह बी को शीर्ष स्थानमा छ ।
समूह ए मा साविक विजेता अस्ट्रेलियासहित भारत, पाकिस्तान, श्रीलंका र न्युजिल्यान्ड छन् । समूह बी मा भने दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बंगलादेश, स्कटल्यान्ड र इङ्ग्ल्यान्ड छन् । समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन्।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]