1 year ago
November 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ महिला विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेको नेपाली युवा टोली बिहीवार स्वदेश फर्कदैछ ।
नेपाल क्रिकेट संघ(क्यान) का अनुसार नेपाली महिला यु १९ टोली बिहीवार साँझ ६ः१५ मा त्रिभुवन विमानस्थलमा आइपुग्नेछ ।
छनोटको अन्तिम तथा निर्णायक खेलमा बुधवार युएईमाथि ८ विकेटको सहज जित निकाल्दै नेपालले पहिलो पटक विश्व कपमा स्थान बनाएको हो ।
विश्व कप आगामी बर्षको जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा आयोजना हुदैछ । नेपालले विश्व कपमा स्थान बनाएसँगै अर्को महिना हुने एसिया कपमा समेत छनोट भएको छ ।
पहिलो संस्करणको यु १९ महिला एसिया कप मलेसियामा डिसेम्बर १५ देखि २२ सम्म आयोजना हुनेछ । यु १९ महिला एसिया कपमा नेपाल भारत र पाकिस्तानसँग एकै समूहमा परेको छ ।
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]