1 year ago
November 14, 2024
एजेन्सी – घरेलु टोली अस्ट्रेलियाले पाकिस्तानमाथि पहिलो टि ट्वान्टी आई खेलमा बिहीवार सहज जित हासिल गरेको छ ।
अस्ट्रेलिया डकवर्थ लुईस पद्दतीमा २९ रनले विजयी भएको हो । पहिलो टि ट्वान्टी आईमा जितका साथ अस्ट्रेलियाले ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ ।
वर्षाका कारण खेल ७ ओभरमा छोट्याईएको थियो । ९४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित ७ ओभरमा ९ विकेट गुमाएर ६४ रन मात्र जोड्न सक्यो ।
पाकिस्तानका अब्बास अफ्रिदीले १० बलमा २ चौका र १ छक्काको सहयोगमा नट आउट रहँदै सर्वाधिक २० रन जोडे ।
हसिबुल्लाह खानले ८ बलमा १२ तथा शाहिन शाह अफ्रिदीले ६ बलमा ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
अस्ट्रेलियाका लागि जेभियर ब्राटलेट र नाथन एलिसले समान ३ तथा स्पेन्सर जोनसनले १ विकेट लिए
त्यसअघि ब्रिसबन क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित सात ओभरमा चार विकेट गुमाएर ९३ रन को योगफल तयार गरेको थियो ।
अस्ट्रेलियाका लागि खेलको प्लेयर अफ द म्याच समेत भएका ग्लेन म्याक्सवेलले १९ बलमा ५ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ४३ रन जोडेका थिए ।
मार्कस स्टोईनेसले ७ बलमा २ चौका र १ छक्काको सहयोगमा २१ तथा टिम डेभिडले ८ बलमा १० रन बनाएका थिए ।
पाकिस्तानका लागि अब्बास अफ्रिदीले २ तथा नसिम शाह र हरिस रउफले समान १ विकेट लिएका थिए ।
यसअघि भएको ३ खेलको ओडिआई सिरिज पाकिस्तानले २-१ ले जितेको थियो । दुई देशबीचको दोस्रो टि ट्वान्टी आई शनिवार सिड्नीमा हुनेछ ।
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]